SamwadKhabar logo

               

कला / साहित्य

यो वर्षको दाहाल यज्ञनिधि पुरस्कार डा. महावीर पुनलाई

संवाद खबर

संवाद खबर

यो वर्षको दाहाल यज्ञनिधि पुरस्कार डा. महावीर पुनलाई
साउन २५, काठमाडौँ । यो वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक डा. महावीर पुनलाई प्रदान गरिने भएको छ । बुधबार दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा दाहालको नाममा स्थापना भएको पुरस्कार पहिलो पटक महावीर पुनलाई प्रदान गरिने घोषणा भएको हो । पुरस्कारको राशी एक लाख ५० हजार रूपैयाँ रहेको दाहाल यज्ञनिधि सुधा सदनका सचिव ठाकुर बेल्वासेले जानकारी दिनुभयो । पुन देश बाहिर रहनुभएकाले उक्त पुरस्कार भदौ ४ गते शनिबार राजधानीमा विशेष कार्यक्रम गरेर प्रदान गरिनेछ । दाहालको नाममा यसै वर्ष काठमाडौँ जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ नामक संस्था दर्ता भएको हो । संस्थाको अक्षयकोशमा ५१ लाख रूपैयाँ राखिएको छ । अक्षयकोशको व्याजबाट दाहालका कृति प्रकाशन, स्मृतिग्रन्थ प्रकाशन, शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट प्रतिभालाई सम्मान गरिने संस्थाका उपाध्यक्ष डा. रमेश शुभेच्छुले जानकारी दिनुभयो । त्यस्तै दाहाल यज्ञनिधिले लामो समय शिक्षण गर्नुभएको दरबार हाइस्कुलमा पढ्ने कक्षा ८ का छात्रछात्रामध्ये नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई २० हजार पुरस्कार प्रत्येक वर्ष संयुक्त रूपमा दिइने निर्णय गरिएको छ । कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा डा. केदार न्यौपाने, डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, डा. विष्णु राई, श्रवण मुकारुङ, प्रह्लाद पोखरेल, धिरेन्द्र प्रेमर्षि, अभय श्रेष्ठ, अनिल पौडेल, गोविन्द नेपाल, सूर्यप्रसाद डुम्रे, डम्बर घिमिरे, प्रकाश सिलवाल, त्रिभुवनचन्द्र वाग्ले, भावकेशर बराल, गोविन्द आचार्य, पारु तिमल्सिना, गीता सापकोटा, मुना बोहोरा, श्रीतेष थापाले कविता वाचन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि दिवसले यसरी एउटा स्रष्टालाई निरन्तर सम्झनेगरी संस्थाको जन्म भएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रमको समापन गर्नुहुँदै सदनका अध्यक्ष सुधा दाहालले दाहाल यज्ञनिधिको पसिनाको धनलाई उहाँकै नामको अक्षयकोषमा राखेको जानकारी गराउनुभयो । ‘‘मैले उहाँलाई गुमाए । यो म एक्लो भएको दिन हो । अरु केही गर्न नसकेपछि उहाँको पसिनाको धनलाई उहाँकै नामको अक्षयकोषमा राखेको हो’’, अध्यक्ष दाहालले भन्नुभयो ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…