SamwadKhabar logo

               

सुदूरपश्चिम प्रदेश

विश्व हिन्दू परिषद् नेपालद्वारा थारू गुरुवा सम्मान कार्यक्रम सम्पन्न

संवाद खबर

संवाद खबर

विश्व हिन्दू परिषद् नेपालद्वारा थारू गुरुवा सम्मान कार्यक्रम सम्पन्न
कञ्चनपुर, भाद्र ८ गते । विश्व हिन्दू परिषद् नेपाल कञ्चनपुरद्वारा थारू गुरुवा, भगत, भर्रा, भलमनसा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका स्थित उद्योग बाणिज्य संघको सभाहलमा मङ्गलबार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि पूज्य श्री लक्ष्मण भारती (बालक बाबा) एवं अतिथिगण श्री देवी भारती, श्री हर्केश विष्ट, श्री राजु चौधरी, श्री बेचनलाल चौधरी, गिरीलाल चौधरी, क्षमानन्द राना, साथिराम राना लगायत थारु अगुवा एवं परिषद्का राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमारसहित स्थानीय कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताको रुपमा बोल्दै थारू अगुवाहरुले थारू समुदायमा फैलँदै गएको ईसाइकरणले मौलिक थारु संस्कृति समाप्त पार्दै गएको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो । उहाँहरूले थारु संस्कृति संरक्षणको लागि ईसइकरण रोक्न अपरिहार्य रहेकोले समस्त थारू समुदायलाई संगठित हुन आह्वान समेत गर्नु भएको थियो । थारु संस्कृति रक्षार्थ विशिष्ट योगदान पुर्‍यानु हुने व्यक्तित्वहरुलाई परिषद्ले समय–समयमा सम्मान गर्दै आएको छ । यस पूर्व कैलालीका थारु अगुवाहरुलाई सम्मान गरिएको थियो ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

१८ भाद्र, काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवस…

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिँदै

२८ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार विश्वासक…

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ

२१ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीय…

बडीमालिकाको पूजा गर्न डोटीबाट डोलीसहित सरकारी टोली प्रस्थान

बडीमालिकाको पूजा गर्न डोटीबाट डोलीसहित सरकारी टोली प्रस्थान

२१ साउन, काठमाडौं । डोटीबाट पूजा सामग्रीसहित सरकारी टोली बाजुराको बडीमालिकाका ला…