SamwadKhabar logo

               

कला / साहित्य

सूर्यप्रति कृतज्ञ हुँदै मनाइने— छठ पर्व

संवाद खबर

संवाद खबर

सूर्यप्रति कृतज्ञ हुँदै मनाइने— छठ पर्व
— विजयप्रसाद मिश्र औँशीको रातमा दियो बालेर झिलिमिली उज्यालो बनाई हामी अँध्यारोबाट उज्यालोतिर बढ्न सकौँ भनी कामना गर्छौँ । दियोहरूको सुन्दर माला दीपमाला सजाएर तिहार विदाभएसँगै हाम्रो परिवेशमा छठको उमङ्ग व्याप्त हुन्छ । उत्साहपूर्वक जगत्साक्षी सूर्यनारायणको उपासना गर्ने गरिन्छ यस पर्वमा । युगौँदेखि कार्यरत सूर्य— नित्य निरन्तर कर्मशील हुने प्रेरक हुन् । सूर्य निःस्वार्थ सेवाका पर्याय हुन् । सूर्य ऊर्जा हुन्, दीप्ति हुन् र तेज हुन् । सूर्य ऊर्जाकेन्द्र हुन् । यसै ऊर्जाले प्रकृतिको क्रम सञ्चालित छ । ऊर्जाको अनुपस्थितिमा जीवन सञ्चालन हुनै सक्तैन । यस आधारमा सूर्यप्रति अनुग्रहित हुने पर्वका रूपमा छठ पर्वको विशिष्ट महत्त्व छ । छठ मनाउने क्रममा नदी, कुण्ड, तलाउ, पोखरी अथवा स्थानीय कुनै जलाशयका रूपमा उपलब्ध जलस्रोतको शुद्धता र सफाइमा विशेष ध्यान दिइन्छ । शुद्धता र सफाइको यो कार्यले हाम्रा निम्ति जल जीवनदायिनी हो र यसको संरक्षण र शुद्धता पर्यावरणका लागि अपरिहार्य छ भन्ने सन्देश दिन्छ । हामीले प्रकृति र संस्कृतिको यो सूक्ष्म सम्बन्धलाई जीवनमा निरन्तर ध्यानमा राख्नुपर्छ । प्रकृतिलाई सकेसम्म स्वच्छ राख्न सके त्यसबाट जीवन र ऊर्जा निरन्तर पाउन सकिन्छ । दोहन गर्न सके दूध पाइन्छ, शोषण गर्न थाले गाईकै विनाश हुन्छ । र, हामीलाई हाम्रो संस्कृतिले विनाश होइन, विकास गर्न सिकाएको छ । पर्व मनाउने क्रममा र जीवनभरिका लागि पनि संस्कृतिले दिएको सन्देशको पाटोतर्फ उदासिनता नआओस् । यसतर्फ हामी निकै सचेत हुन आवश्यक छ ।  
आफ्नो कल्याणका साथसाथै
समाजको हित गर्नतर्फ प्रेरित हुने सुबुद्धि
सबैलाई प्रदान गरुन् श्रीसूर्यनारायणले।
"धियो यो नः प्रचोदयात्"को कामना
समाजका निम्ति सार्थक बनोस्।
तमस छोडेर ज्योतितर्फ उन्मुख हुन
श्री सवितादेवको शुभआशीर्वाद सबैलाई मिलोस्।
दशैँ, तिहार, छठ इत्यादि हाम्रा पर्व पारिवारिक सम्बन्धलाई प्रगाढता दिनतिर पनि उत्सुक देखिन्छन् । टाढा भएका आफन्तलाई भेट्न जाने अथवा टाढा बस्ने सदस्य पनि चाडपर्वका लागि घर आउने यो यामले पारिवारिक पुनर्मिलन एवं सम्बन्धको पुनर्ताजकी पनि गराउँदै हुन्छ । परिवारका साना सदस्यका लागि पारिवारिक सामाजिककीकरणको यस्तो सुन्दर अवसरलाई गुमाउनु हुँदैन । बरु, यस्तो समयलाई मोबाइल, गेम र सामाजिक सञ्जालमा खेर फाल्नुभन्दा पारिवारिक सौहार्दता, आत्मीयतालाई सुदृढ बनाउनमा समयको सदुपयोग गर्नु श्रेयष्कर हुनेछ । सामाजिक सञ्जालका रूपमा व्याप्त अन्धकारले सहज सम्बन्धलाई पनि सर्लक्कै निलेको अवस्था छ । अन्धकारको आफ्नै उपयोगिता छ तर त्यसले उज्यालो पाटोको महत्ता बिर्साउन थाल्यो र हामीलाई अन्धकार नै सहज लाग्न थाल्यो भने त्यो जतिको घातक हाम्रो मौलिक संस्कृति, हामी बाँचेको प्रकृति र समग्र धर्तीका लागि के हुन सक्ला र ? यसैले सजग बनौँ । सचेत बनौँ । प्रकाशमय उत्सवमा चेतनाको दियो बाल्न नबिर्सौँ । सूर्य पूजनको पावन महापर्व षष्ठि— 'छठ'को हार्दिक मंगलमय शुभकामना।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…