SamwadKhabar logo

               

विश्व

उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना समाप्त भएको इजरायलको दाबी

प्रमिला भुजेल

प्रमिला भुजेल

उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना समाप्त भएको इजरायलको दाबी
पुष २२, काठमाडौं । इजरायलले उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना समाप्त भएको जनाएको छ । गत ७ अक्टुबरमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गर्दै हमासलाई समाप्त पार्न शुरु गरिएको अभियान पूरा दाबीपश्चात् गाजाको मध्य र दक्षिणी क्षेत्रमा हमासलाई समाप्त पार्ने अभियान सुरु गर्ने इजरायली सेनाका प्रवक्ताले जनाएको छ । हवाई तथा स्थल आक्रमण गरेर इजरायलले उत्तरी गाजा क्षेत्र तहसनहस बनाएको छ । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले शनिवार मिडियाहरुसँग भनेका छन्, “उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना समाप्त पार्ने काम पूरा भएको छ । प्यालेस्टिनी समूहका सदस्यहरु अब कमाण्डरविना छिटफुट रुपमा मात्र केही क्षेत्रमा काम गरिरहेका छन् । हमासले ७ अक्टुबरमा इजरायलमाथि एक्कासी आक्रमण गर्दा १० नेपालीसहित १ हजार १४० जनाको मृत्यु भएको थियो । हमासले नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक बनाएको थियो । केहीलाई हमासले मुक्त गरे पनि विपिनसहित १३२ जना अझै हमासको नियन्त्रणमा रहेको बताइएको छ ।

ताजा

सबै

बलम्बुमा महालक्ष्मी जात्रा सुरु

२७ कार्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ …

गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

२७ कार्तिक, काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुर…

हेटौंडामा ट्यांकरको टायर पड्कँदा एक जनाको मृत्यु, ५ घाइते

२७ कार्तिक, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा…

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी मनाइँदै

२७ कार्तिक, काठमाडौं । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगवान व…

लोकप्रिय

सबै

रवि र छविसहित ४ जनालाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२५ कार्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापतिरवि लामिछाने र पूर्वडीआइजी छविलाल…

आज हरिबोधनी एकादशी, तुलसीसँग विष्णुको विवाह गरी मनाइँदै

२७ कार्तिक, काठमाडौं । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगवान व…

नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर

२५ कार्तिक, काठमाडौं । काठमाडौंको नयाँबसपार्कमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर स…

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

विजय प्रसाद मिश्र झापा । आफ्नो मौलिक स्वधर्म-संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ, आफ्न…

यो पनि

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

२५ कार्तिक, काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भ…

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति पदमा निर्वाच…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…