SamwadKhabar logo

               

विचार

स्वदेशमै रोजगारीको सिर्जना गरौं

मोहन श्रेष्ठ

मोहन श्रेष्ठ

स्वदेशमै रोजगारीको सिर्जना गरौं

कृष्ण हुमागाई

कुनै पनि देशको मुल प्रवाहमा त्यस देशको युवा शक्ति नै हुन्छ । र देशको धेरै भाग र क्षेत्र युवा शक्तिले ओगटेको हुन्छ । युवा शक्तिले देशको दशा र दिशा परिवर्तन गर्ने सामथ्र्य राख्दछन् । युवा शक्ति देशको केन्द्रविन्दुमा रहेर अगाडि बढी रहने जोश, जागर, उर्जा, प्रतिभा र अधिक सम्भावनाको खानी हो । जसरी पानीलाई पावर हाउसमा लगेर त्यसबाट बिजुली निकाली अनेक कार्यमा प्रयोग गर्न सकिन्छ त्यसरी नै युवा शक्तिलाई परिचालन गरी अनेकौँ सकारात्मक कार्यहरू गर्न सकिन्छ । त्यसैले अब त्यो युवा शक्तिलाई उद्यमशीलता र रोजगारीमा जोड दिनु आवश्यक छ ।

एक जना अगुवा डा. युनुसले एउटा पुस्तकमा लेखेका छन् “प्रत्येक मानिस जन्मजातै उद्यमी हुन्छन्, कसैले आफ्नो क्षमता देखाउने अवसर पाउँछन् भने कसैले पाउँदैनन् र ‘कतिपय त आफूभित्र त्यो क्षमता छ भन्ने समेत बुझ्न पाउँदैनन् ।” यस कुराले पनि उद्यमशीलताको सोच रहेक व्यक्तिमा हुन्छ त्यसलाई चिनेर सहि मार्ग र बजारको माग अनुसार उद्यमशील कार्य अगाडि बढाउनु आवश्यक देखि नेपाल सरकारको योजना आयोगले आफ्नो पन्ध्रौँ योजनामा युवालाई उद्यमशीलता, रोजगारमुलक र स्वरोजगार बनाउने लक्ष्य लिई युवा मन्त्रालयले राष्ट्रिय युवा परिषद्को माध्यम मार्फत यस कार्यलाई प्राथमिकताको साथ काम गरिरहेको अवस्था छ ।

“ समृद्धिका लागि उद्यमशीलता र उद्यमशीलताका लागि ज्ञान, सीप, पुँजीमा पहुँच अपरिहार्य  “ 

समृद्धिका लागि उद्यमशीलता र उद्यमशीलताका लागि ज्ञान, सीप, पुँजीमा पहुँच अपरिहार्य हुन्छ । परिस्थिति सामान्य हुँदा पनि उद्यमशीलता विकास जरूरी छ । अझ अहिले त विश्व एक विशिष्ट परिस्थितिमा छ । मानव जीवन, जनजीविका र अर्थतन्त्रबारे अन्योल र अनिश्चितता बढिरहेको छ ।

युवा उद्यमशीलता र स्वरोजगारको निम्ति नेपाल सरकारको योजना आयोगले आफ्नो पन्ध्रौँ योजनामा युवालाई उद्यमशीलता, रोजगारमुलक र स्वरोजगार बनाउने लक्ष्य लिईसकेको छ र यस योजनामा युवा लक्षित कार्यक्रम अन्तर्गत दीर्घकालीन सोचमा उल्लेखित रुपान्तरणका प्रमुख संवाहकका रुपमा मानव पँुजी निर्माण उद्यमशील कार्य संस्कृति विकास र सम्भावनाहरूको पुर्ण उपयोग हुने गरी युवा व्यवसायिक नवपवर्तन केन्द्रको स्थापना संगैँ कार्यको थालनी भएको देखिन्छ ।

       यस केन्द्रले युवाशक्तिलाई समय सापेक्ष आधुनिक यन्त्र प्रविधि सहितको ज्ञान सीपबाट प्रतिस्पर्धी बनाउँदै स्वदेशमै रोजगारीको सृजना गरी देशलाई समृद्ध बनाउने मुल लक्ष्य लिएर हरेक स्थानीय निकायसँग सामन्वयन गरी कार्यलाई अगाडि बढाउने कार्यमा युवाहरूको साझा संस्था जुन नेपाल सरकार युवा मन्त्रालयको मातहतमा रहेर राष्ट्रिय युवा परिषद्ले निरन्तर कार्य गरिरहेको छ ।

उद्यमशीलता विकास तथा वित्तीय साक्षरता सम्बन्धी तालिम

राष्ट्रिय युवा परिषद्ले विगत २ वर्षदेखि उद्यमशीलता विकास तथा वित्तीय साक्षरता सम्बन्धीको ७ दिने तालिम देशको हरेक क्षेत्रका युवालाई प्रदान गर्ने हेतुले निरन्तर रूपमा तालिम प्रदान गरिरहेको छ । विशेषगरी युवा परिषद्ले विदेशबाट आएका युवाहरू नेपालमा केहि गर्नुपर्छ भनेर स्वदेशमै काम गर्न खोज्ने युवा शक्तिलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनको लागि उद्यमशीलता र वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरी बैँक तथा वित्तिय संस्थाहरूसँग समन्वय गरि नेपालमा व्यवसायिक रुपमा उद्यम गर्न चाहाने युवालाई सहयोग गर्दै आइरहेको छ । साथै विगत २ वर्षको अन्तरालमा यस अभियान विस्तारै सफल हुँदै गईरहेको र यसबाट हजारौँ युवाले प्रत्यक्ष लाभ लिई नेपालमा व्यवसायिक रूपमा कृषि तथा पशुपालनमा काम पनि गरिरहेका छन् ।

युवा शक्ति नेपालको परिपेक्षमा हामीले युवाको संख्यालाई नियालेर हेर्ने हो भने नेपालको कुल जनसंख्याको ४२.६ प्रतिशत युवा शक्ति छन । जुन जनशक्ति १६ देखि ४० वर्ष उमेर समुह भित्रका हुन । यो उमेर समुह भनेको अत्यन्तै मेहनत, परिश्रम, प्रतिभा, जोश, उर्जाको खानी भएको समुह हो । यसको सहि सदुपयोग हुन सकेमा देशमा धेरै परिवर्तनहरू हुन सक्छन् । यी उमेर समुहका युवाहरूलाई उद्यमशीलतामा जोड दिने हो भने देशलाई विकास, समृद्धि र रोजगारको व्यापक सिर्जना गर्न सकिन्छ ।

          आजको दिनमा यदि कुनै पनि युवाले स्वदेशमै बसेर केही व्यावसाय गर्ने र आफु आफ्नो परिवार र समाजलाई आत्मनिर्भर बनाउने हो भने हाम्रो देशमा धेरै सम्भावनाहरू रहेका छन् अझ बस्तुगत रूपमा भन्ने हो भने कृषि क्षेत्र जहाँ अत्यन्तै सम्भावना रहेको छ । साथै पशुपालन, पर्यटन व्यवसायमा लाखौँ युवालाई रोजगार दिन सकिन्छ, कयौँ होटल व्यवसायहरू फस्टाउन सक्छन । यी सबै क्षेत्रमा यदि विशेष योजना बनाएर व्यवसाय शुरू गर्ने हो भने धेरै राम्रो हुन सक्छ र स्वरोजगार सिर्जना गरी आत्मानिर्भर हुन सक्छौँ ।

“नेपाल सरकारले महिलालाई एकल वा सामूहिक रूपमा उद्यशील बन्न महिला उद्यमशीलता कर्जा, श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तिमा छ महिना सम्बन्धित पेशा/व्यावसाय क्षेत्रमा काम गरी फर्केको तीन बर्ष ननाघेका युवालाई लक्षित गरि “वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा । त्यसैगरी विपन्न वर्ग कर्जा”, व्यासायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा  “

पछिल्लो समय नेपाल सरकार अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागी व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ ले स्वदेशमै उद्यम गर्न चाँहने युवाहरूका लागि धेरै राम्रो वातावरण निर्माण गरेको छ । नेपाल सरकारले महिलालाई एकल वा सामूहिक रूपमा उद्यशील बन्न महिला उद्यमशीलता कर्जा, श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तिमा छ महिना सम्बन्धित पेशा/व्यावसाय क्षेत्रमा काम गरी फर्केको तीन बर्ष ननाघेका युवालाई लक्षित गरि “वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा । त्यसैगरी विपन्न वर्ग कर्जा”, व्यासायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा जसमा कम्तमिा स्नातक वा सो सरह उर्तीर्ण युवालाई यस कार्यविधि बमोजिम कर्जा उपलब्ध गराउने ।

“व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोडसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाखसम्म, विदेशबाट फर्केका युवाहरूका लागि युवा परियोजना कर्जा दश लाखसम्म, महिला उद्यमशील कर्जा पन्धलाखसम्म र दलित समुदाय व्यवसाय विकास कर्जा दश लाखसम्म उपलब्ध गराउने नीति एकिकृत कार्यविधि २०७५ “ यी पाँच प्रकारको कर्जा जुन युवा उद्यमशिलता सम्बन्धि र स्वरोजगार सम्बन्धी केन्द्रीत रहेर नेपाल सरकारले विभिन्न वित्तीय संघ संस्थासँग समन्वय गरेर प्रदान गर्दे आइरहेको छ । साथै सरकारले न्युनतम व्याजदरमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोडसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाखसम्म, विदेशबाट फर्केका युवाहरूका लागि युवा परियोजना कर्जा दश लाखसम्म, महिला उद्यमशील कर्जा पन्धलाखसम्म र दलित समुदाय व्यवसाय विकास कर्जा दश लाखसम्म उपलब्ध गराउने नीति एकिकृत कार्यविधि २०७५ उल्लेख गरी कार्यन्वयनको दिशामा अगाडि बढि रहेको छ । साथै यसले धेरै युवालाई सहयोग पुर्‍याउने र कति पय युवाले त्यसको प्रत्यक्ष रूपमा काम शुरू गरी फाईदा लिदै आईरहेका छन् । साभार: स्टुडेन्टस् कन्सेप्ट द्वैमासिक पत्रिकाबाट

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

तीजको सामाजिक-सांस्कृतिक महत्व

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन

कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन

कुशको धार्मिक तथा वैज्ञानिक महत्व विषयमाअर्थ वेद, भागवत गीता, विष्णु पुराण, गरुड पुर…

बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा

बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा

२५ साउन, काठमाडौं । बंगलादेशमा निहत्था हिन्दू, बौद्ध र अल्पसंख्यकहरुप्रति भईरहेको आक्र…

ऐतिहासिक दृष्टिकोणबाट हिन्दुत्वको विजय गाथा

ऐतिहासिक दृष्टिकोणबाट हिन्दुत्वको विजय गाथा

आज पनि आर्य लाई जाति मान्ने विद्वानहरू छन् । मानवताका गुणहरूलाई एउटै जाति मान्नेहरूल…