SamwadKhabar logo

               

विचार

विद्यार्थीलाई एसइइको हाउगुजी

संवाद खबर

संवाद खबर

विद्यार्थीलाई एसइइको हाउगुजी
— सुष्मा सुब्बा लामा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरले विशेषगरी स्कुले नानीहरुलाई असाध्यै प्रभाव पारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरुका पनि आआफ्नै समस्याहरु होलान्, त्यसो भन्दै गर्दा विगतका दुईवर्ष भौतिकरुपमा जाँच नगराउँदा पनि हुने, अनि यो वर्ष मात्रै किन विद्यार्थीलाई एसइइको हाउगुजी देखाउने त ? यो प्रश्न गम्भीर रुपमा तेर्सिएको छ । पहिलेदेखि नै एसइइ अर्थात् साविकको एसएलसी खारेज गरौँ भन्दै सरकारी निकायका पदाधिकारीहरु कराउँदै आए । होमा हो गर्दै निजी विद्यालयअन्तर्गतका प्याब्सन, एन प्याब्सनहरु पनि निकै तातेकै हुन् । तथापि अहिले यस्तो अवस्थामा भौतिकरुपमा विद्यार्थीलाई परीक्षामा सामेल गर्ने सरकारी सबैया देखावटी मात्रै हो कि जस्तो लाग्छ । एसइइमा अहिले जम्माजम्मी आठवटा विषयहरु हुन्छन् । कक्षा आठमा पढ्दै आएका विद्यार्थीहरु करीब कोभिडकै कारण सबैभन्दा बढी प्रताडित हुनेमा पर्दछन् । किनकि उनीहरु नै त्यस्ता विद्यार्थी हुन् जसले लामो समय अनलाईनबाटै कक्षा लिए, भौतिकरुपमा लामो समय घरमै बस्नुपर्ने बाध्यता भयो । यसअघि र त्योभन्दा पनि पहिलो वर्ष सरकारले मेरिटका आधारमा जाँच लियो, नतिजा पनि सोहीप्रकारले सार्वजनिक गर्यो । तर अहिले आएर आजको आजै कक्षा सञ्चालन गर्ने, अनि दुई महिनामै कोर्ष पनि सकिने र परीक्षाका लागि तमाम विद्यार्थी तयार हुने भन्ने कुरा सम्भव छैन । फेरि एसइइको ‘वेटज‘लाई लिएर विगतदेखि नै यो केही समयसम्मका लागि मात्रै हो, अन्ततोगत्वा कक्षा १२ नै विद्यालयस्तरका पढाइका लागि मुख्य ढोका हो पनि भनिँदै आएको अवस्था छ । विगतको एसएलसी र अहिलेको एसइइमा के समस्या छ भने यदि विद्यार्थी एउटा विषयमा फेल भयो भने ऊ पठनपाठनका लागि फेरि विद्यालय जाँदैन । किनभने फेल पास हुने कुरालाई एउटा विद्यार्थीले ठूलो प्रतिष्ठाको रुपमा लिएको हुन्छ । यो पालाको एसइइ परीक्षामा सामेल हुने विद्यार्थीहरु लामो समयसम्म कोभिडका विभिन्न प्रकारका वेभहरुबाट प्रभावित भएकाहरु नै छन् । उनीहरुमा कन्फिडेन्ट लेभल पनि कमजोर भएको छ । केही समयअघि पनि सरकारले भौतिकरुपमा कक्षा सञ्चालन नगराउनू भन्दै उर्दी जारी गर्यो, त्योभन्दाअघि पनि तिनै विद्यार्थीहरु लामो समय घरमै बसेर अनलाईन कक्षाबाट आफूलाई जसरीतसरी तयारी बनाउँदै ल्याए । अहिले आएर फेरि तिनैलाई वैशाखबाट एसइइका लागि तयार होऊ भन्ने नैतिक आधार हामीसँग छ त ? यहाँनेर मेरो प्रश्न हो । उमेरका हिसावले पनि एसइइ दिने एउटा विद्यार्थी सबल भएको हुँदैन । यो उमेर समूहका केटाकेटीहरु नाबालक नै हुन् । तिनको अर्धचेतन मस्तिष्क पनि बलियो र पूर्णरुपमा सोच्ने अवस्थामा पुगिसकेको हुँदैन । स्मरणशक्तिका हिसावले पनि यो उमेर समूहका बालबालिकाहरु कमजोर नै हुन्छन् । बल्ल त उनीहरुको मस्तिष्कको विकास हुँदै गरेको हुन्छ । यो उमेरमा एउटा ढोका बन्द हुँदा अर्को ढोका खुल्छ भन्ने ज्ञानको विकास पनि भएको हुँदैन । विद्यार्थीलाई विगतदेखि नै एसइइ अर्थात् विगतको एसएलसी ‘आइरन गेट‘ हो भनिँदै आइयो । विद्यार्थी पनि एसइइलाई यसरी तयारी गर्नुपर्छ कि मानौँ जीवनको ठूलो उपलब्धी नै त्यही हो भन्नेमा विश्वस्त छ । स्कुलहरु पनि दिनरात एसइइकै तयारीमा हुन्छन्, सकेसम्म बढी अंक ल्याउने होडबाजीमा परम्परागत स्कुलहरुले विद्यार्थीलाई यति धेरै बर्डेन दिएका हुन्छन् कि त्यसको कुनै सीमा नै हुँदैन । यस्तो अवस्थामा अहिले सरकारले जुनप्रकार भौतिकरुपमा उपस्थित गराउँदै एसइइको जाँच गर्ने उद्घोष गरेको छ, त्यसका बारेमा केही सोच्ने हो कि भन्ने मेरो भनाई हो । मान्छेको शारीरिक हिसावले विकासको कुरा गर्ने हो भने पनि एउटा दाँतपछि मात्रै अर्को दाँत आउने हो । त्यसैगरी अर्धचेतन मनको विकास पनि क्रमिकरुपले हुँदै जाने हो । र फेरि अहिले जो जसले एसइइको जाँच दिने तयारी गरिरहेका छन्, तिनलाई त तीन तीन पटकको कोभिड १९ का विभिन्न प्रकारका वेभहरुले यति गलाई सकेको छ कि अब उनीहरु दौडन नसक्ने अवस्थामा पुगिसकेका छन् । विगतमा पनि केही विद्यार्थीहरुलाई ‘कोभिड फोबियॉकै कारण समस्या आएको कुरालाई विभिन्न सञ्चार माध्यमहरुले बाहिर ल्याएका थिए । अहिलेको अवस्थामा बढीभन्दा बढी विद्यार्थीले ‘ग्रेड ए‘ नै ल्याउँछन् भन्ने पनि छैन । विद्यार्थीहरुमा महामारीको फोबिया यति धेरै छ कि ऊ बल्ल त तङ्ग्रिन खोजिरहेको छ, अनि यस्तो बेलामा एसइइको झोला बोकाएर ‘हिँडे हिँड नभए कुट्छु‘ भन्नु समय सान्दर्भिक हुँदैन । यस्तो प्रवृत्तिले बाल मस्तिष्कमा नकारात्मक प्रभाव पार्न सक्छ । मलाई त कस्तो लाग्छ भने कम्तीमा पनि यो वर्षसम्मका विद्यार्थीलाई चाहिँ सरकारले आन्तरिक मूल्यांकनकै आधारमा एसइइ परीक्षाको नतिजा दिलाउनुपर्छ । अहिले एसइईको जाँज दिन लागेका विद्यार्थीहरुलाई कुनै हालतमा टर्चर दिनु हुँदैन । लामो समय कोभिडको ‘ह्याङओभर‘मा रहेका विद्यार्थीलाई फेरि जाँचको भूत देखाउनु उपयुक्त होइन । सम्बन्धित निकायले बेलैमा यसका बारेमा सोच्नुपर्छ । हुन त यसबीचमा धेरै विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरे । तर त्यो कति प्रभावकारी भयो भन्ने त अहिले देखिँदै आएको छ । अनलाईनले विद्यार्थीलाई मोनोटोनस बनाएको छ, घरमै बसेर पढ्ने बानीले शारीरिक व्यायाम नहुँदा विद्यार्थीहरु भद्दा भएका छन् । शिक्षकले भनेको भन्दा प्रविधिमा देखेका र भेटेका कुरामा अहिलेका विद्यार्थीहरु भरपर्दा अवस्था कस्तो आउँछ, सोचनीय विषय बन्ने गरेको छ । लामो समय अनलाईनकै भरपर्दा कतिपय अभिभावकहरुले आफ्ना नानीहरुलाई रायसल्लाह दिन सके पनि होलनन्, तर धेरैको अवस्था फरक छ । शिक्षकले भौतिक उपस्थिति देखाउँदै पढाउँदा त कति धेरै समस्याहरु आउँथे भने अहिले त पढ अनलाईन, नपढ अनलाईन भनेजस्तो भयो । अनलाईनको भूतले पनि विद्यार्थीलाई निरश बनाएको छ । अहिलेको समस्याले समस्त विद्यार्थीलाई ‘आइसबर्ग’ जस्तो बनाएको छ । आइसबर्गमा मात्रै माथिकोे टुप्पो हेरिन्छ, तर तल त्यसले कति धेरै ठाउँ लिएको हुन्छ भन्ने कुरामा कसैको ध्यान गएको हुँदैन । अहिले पनि सरकारले विद्यार्थीलाई एकतर्फीरुपमा मात्रै हेरेको अवस्था छ । वर्ष दिनभरि पढाउनुपर्ने कोर्ष दुई महिनामा सिध्याऊ भन्ने, अनि परीक्षाको लागि आफ्ना विद्यार्थीलाई तयारी हालतमा बस भन्ने पक्कै पनि न्यायसंगत कुरा होइन । अनलाईनले त विद्यार्थीलाई एउटा कोठाभित्र मात्रै सीमित बनाइदिएको छ । सामाजिक रुपमा पनि हाम्रा विद्यार्थीहरु कमजोर भएका छन् । तसर्थ, अहिलेको समस्यालाई सबै मिलेर हल गर्नुपर्दछ । विद्यार्थीलाई एसइइको भूत देखाउने भन्दा पनि अब यसै वर्षबाट यो परीक्षा प्रणालीलाई खारेज गर्नसके त्यसले पक्कै पनि भोलिका दिनमा सरकारले सोचेजस्तो उच्च शिक्षाका लागि हाम्रा विद्यार्थीहरु तयार हुन्थे कि ?

०००००० (लामा मन्टेश्वरी एसोसिएसन नेपालको केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)

 

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

तीजको सामाजिक-सांस्कृतिक महत्व

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन

कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन

कुशको धार्मिक तथा वैज्ञानिक महत्व विषयमाअर्थ वेद, भागवत गीता, विष्णु पुराण, गरुड पुर…

बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा

बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा

२५ साउन, काठमाडौं । बंगलादेशमा निहत्था हिन्दू, बौद्ध र अल्पसंख्यकहरुप्रति भईरहेको आक्र…

ऐतिहासिक दृष्टिकोणबाट हिन्दुत्वको विजय गाथा

ऐतिहासिक दृष्टिकोणबाट हिन्दुत्वको विजय गाथा

आज पनि आर्य लाई जाति मान्ने विद्वानहरू छन् । मानवताका गुणहरूलाई एउटै जाति मान्नेहरूल…