बलात्कार आरोपमा उदयपुरमा एकजना पक्राउ
पुस १७, काठमाडौं । २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उदयपुरमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–४ मकुम डाँडा बस्ने २६ वर्षीय मनोज परियार छन् । परियारले ती महिलालाई मंसिर २८ गतेको राति बलात्कार गरेको उजुरीको आधारमा...
माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट
पुस १७, कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । संसदीय दल आइतबार बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका...
एकीकृत समाजवादी बागमतीले सोमबार दलको नेता चुन्ने
पुस १७, हेटौँडा । नेकपा एकीकृत समाजवादी वागमती प्रदेशले सोमबार अर्थात पुस १८ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । वागमती प्रदेशमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले दलको नेता छनोट गरिसकेका छन् । पुस १८ को लागि...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज
पुस १७, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनका दिन आज हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्नेछ । तर, अन्तर्राष्ट्रिय उडान फागुन...
डेरी व्यवसायीले एकतर्फी रूपमा बढाए दूधको मूल्य
पुस १७, काठमाडौं । केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरूले दूधको बजार मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढाएका हुन् । सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे नियामक निकायले कुनै कदम चालिसकेको...
हाइमास्ट र स्मार्ट सडक बत्तीले झिलिमिली बनाइँदै पोखरा
पुस १५, पोखरा । पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्तीले झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य मुख्य चोकमा हाइमास्ट र सडकमा बत्ति राखी झिलिमिलि बनाउने काम भइरहेको छ । महानगरभित्रको ५० किलोमिटर मुख्य...
आजबाट एमडीएमएस प्रणाली लागु, विदेशबाट एस्ट्रा मोबाइल ल्याए जफत गरिने
पुस १५, काठमाडौं । सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । अनधिकृत रूपमा आयात हुने मोबाइल फोनको वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न गत भदौ ३० गतेबाट नेपाल दूरसञ्चार प्राधिकरणले उक्त प्रणालीको परीक्षण...
अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता
पुस १५, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको...
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
पुस १४, काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–९ बस्ने २५ वर्षीय सुमन त्योछिन छन् । सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न करकाप...
मेलम्चीको पानी ५३२ किमीमा परीक्षण सफल
पुस १४, काठमाडौँ । मेलम्चीको पानी वितरण गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको एक हजार १० किमी वितरण सञ्जालमध्ये पाँच सय ३२ किमीमा पानी परीक्षण सम्पन्न भएको छ । बाँकी क्षेत्रमा पानी परीक्षणको तयारी भइरहेको निर्देशनालयका...
राप्रपाले प्रति सांसद २० हजार रुपैयाँ लेवी उठाउने
पुस १४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका संघीय सांसदबाट प्रति व्यक्ति २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्येक सांसदबाट जनही २० हजार रूपैयाँ लेवी...
सुरक्षाकर्मीले नेता तथा कूटनीतिज्ञसँग भेट्दा अनिवार्य अनुमति लिनुपर्ने
पुस १४, काठमाडौं । गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई भेट्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीहरुले कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट...
उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित
पुस १४, उदयपुर । लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन् । किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन् । यस...
लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा
पुस १४, काडमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट चुक्ता पुँजीको ७.३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट हाल कायम चुक्ता पुँजीको सात प्रतिशतका दरले बोनस...
महान्यायाधिवक्ता पोखरेलले लिए शपथ
पुस १४, काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बिहीबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए ।...
स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बने रामचन्द्र अधिकारी
पुस १४, काठमाडौं । अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो कलाकार बनेका छन् । सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा यसअघि गरेको थियो । जसअनुसार अधिकारीलाई बीमा...
सन्दीपको पुनरावेदन मुद्दामा सुनुवाई आज
पुस १४, काठमाडौं । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदन मुद्दाको आज सुनुवाई हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको हो । यसअघि गत ७ पुसका लागि पेशी तोकिएको थियो । तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ...