SamwadKhabar logo

               

कला / साहित्य

युगकवि सिद्धिचरण श्रेष्ठको संक्षिप्त जीवनी

प्रमिला भुजेल

प्रमिला भुजेल

युगकवि सिद्धिचरण श्रेष्ठको संक्षिप्त जीवनी

जेठ ९, काठमाडौं । नेपाली तथा नेपाल भाषाका महान स्रष्टा एवम् नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक युगकवि सिद्धिचरण श्रेष्ठको जन्म सगरमाथा अञ्चलको ओखलढुङ्गामा वि.सं. १९६९ साल जेठ ९ गते मंगलवार शुक्ल पञ्चमीका दिन पिता विष्णुचरण श्रेष्ठ र माता नीरकुमारी श्रेष्ठको कोखबाट भएको थियो ।  युगकवि सिद्धिचरणले कक्षा ८ काठमाडौंस्थित दरबार स्कुलमा अध्ययन गरेपछि माध्यमिक तहसम्मको शिक्षा भारतको कलकत्ताबाट हासिल गरेका हुन् ।  तत्पश्चात उनले पुर्विय तथा पाश्चात्य भाषा, साहित्य, कला, दर्शन आदिको स्वाध्ययनका भरमा विशिष्ट ज्ञान आर्जन गरेका हुन् । 

उनको ११ वर्षसम्मको बाल्यजीवन ओखलढुङ्गामा नै बित्यो र त्यसपछि मातापिताका साथ उनी काठमाडौं आएर आफ्नो पैतृक घर ओमबहालमा बस्न थाले ।

उनले काठमाडौंस्थित महावीर स्कुलको अंग्रेजी विषयको शिक्षक भएर अध्यापन गराए । १५ वर्षको उमेरदेखि कविता लेखनमा संलग्न सिद्धिचरणको राजनीतिमा पनि अभिरुचि भएकाले सर्वप्रथम नेपाली साहित्यमा उनले 'हड्ताल' शब्दको प्रयोग गरेका थिए । वि.सं. १९९७ मा 'क्रान्तिबिना शान्ति हुँदैन' भन्ने उद्गार लेखेवापत अठार वर्षको कठोर जेल सजाय पाएका थिए । उनले जेलजीवन बिताइरहेको बेला पिताको देहावसन हुँदा उनलाई परम्परागत विधिअनुसार काजक्रिया समेत गर्नबाट वञ्जित गर्नुको साथै उनले लेखेका अनेकौ काव्यकृति नष्ट गरियो । 

उनले नेपालको प्रथम दैनिक पत्रिका आवाजको प्रथम सम्पादक भइ कुशलतापुर्वक कार्यसम्पादन गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित कविता पत्रिकाका उनी प्रधान सम्पादक भएका थिए । उनको नेतृत्वमा प्रज्ञा प्रतिष्ठानले 'कविता महोत्सव'को आयोजना सुरु गरेको थियो । जुन आज पनि सञ्चालन हुँदै आएको छ ।

उनले शान्ति समिति लेखक संघ, सहिद स्मारक समिति, जनकल्याण केन्द्र, नेपाली शिक्षा परिषद् नेपाल शान्ति परिषद् आदि संघ संस्थाहरुको अध्यक्षका रुपमा रहेर काम गरेका थिए । वि.सं. २०२४ देखि नै नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य रहेका थिए । 

उनलाई त्रिभुवन प्रज्ञा पुरस्कारका साथै लेखकहरुलाई प्राप्त हुने सबैभन्दा ठुलो सम्मानजनक पुरस्कार पृथ्वी प्रज्ञापुरस्कार पनि प्राप्त भएको थियो ।  

वि.सं.१९८४ देखि नै कविता लेख्न थालेका प्रथम नेपाली सामाजिक उपन्यास "समुती" का स्रष्टा सिद्धिचरण श्रेष्ठ वि.सं. १९९० मा भुइँचालो शीर्षकको कविता प्रकाशनमा ल्याएर नेपाली काव्यजगतमा सार्वजनिक रुपमा प्रकट भएका थिए । 

युगकवि सिद्धिचरण श्रेष्ठले पु¥याएको विशिष्ट योगदानलाई चिरस्मरणीय तुल्याउन र साहित्य क्षेत्रलाई युगानुरुप अघि बढाउन उनलेगरेको साधनाको सम्मानमा नेपाली जनमानसले उनलाई युगकवि को उपाधिद्वारा सम्मान प्रकट गरेको पाइन्छ ।  नेपालको राष्ट्रिय एकता भावको संरक्षण र संवद्र्धनमा उनको योगदान हामी सम्पूर्ण नेपालीका लागि चिरस्मरणीय र गौरवका रुपमा रहेको छ । नेपालको प्रथम राष्ट्रिय गान हिमगिरि मण्डित सुगन्ध शोभित जय जय आमा नेपाल (२००५) का रचयिता, नेपाल भाषाका कविरत्नका रुपमा विभुषित भएका थिए । 

साहित्यका महान विभुति युगकवि सिद्धिचरण श्रेष्ठको देहावसना २०४९ जेठ २२ गते जन्म तिथि शुक्लपञ्चमीकै दिन काठमाडौंमा भएको हो । 

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

१७ साउन, काठमाडौं । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको आज बिहान करिब ७ः३० मा न…