SamwadKhabar logo

               

कला / साहित्य

जोरपाटीका सोनम लामा ललितकला प्रदर्शनीमा परम्परागत चित्रकलामा प्रथम

प्रमिला भुजेल

प्रमिला भुजेल

जोरपाटीका सोनम लामा ललितकला प्रदर्शनीमा परम्परागत चित्रकलामा प्रथम

जेठ २०, काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको प्रादेशिक ललितकला प्रदर्शनी २०८० मा जोरपाटीका सोनम लामा (सोनम सिंह भ्लोन) परम्परागत चित्रकलामा प्रथम भएका छन् ।

लामा मधेश प्रदेशमा परम्परागत चित्रकला विधा तर्फ थाङ्का कलामा लामा प्रथम भएका हुन् । यससँगै लामा राष्ट्रिय ललितकला प्र्रदर्शनी २०८१ का लागि समेत छनौट भएका छन् ।

सर्लाहि हरिवन ४ घर भई विगत डेढ दशक देखि जोरपाटी (गोकर्णेश्वर नगरपालिका वडा नं. ६) लाई कर्मथलो, थाङ्का कलाको साधना थलो बनाउँदै आएका छन् । लामा परम्परागत चित्रकला विधा तर्फ थाङ्का कलामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङबाट सम्मान पत्र सहित नगद ३० हजारले पुरस्कृत भएका छन् ।

आफ्नो पुरस्कृत थाङ्का चित्रमा काग्यु सम्प्रदाय अन्र्तगत गुरु चेलाको सम्वन्धलाई उतारिएको उनले बताए । ग्रिनतारा आर्टस् एण्ड ह्याण्डिक्रयाफ्ट प्रा.लि.मार्फत परम्परागत थाङ्काको प्रवद्धर्नमा क्रियाशिल लामाले व्यवसायिकताको नाममा थाङ्का चित्रको परम्परागत नियम र अनुसासनलाई बेवास्ता हुन थालेकोमा दुःख व्यक्त गरे ।

थाङ्कामा बौद्ध धर्म संस्कृतिको गहनतालाई चित्रकला मार्फत झल्काइने भएकोले थाङ्कालाई चित्रको रुपमा मात्र नलिएर धर्म संस्कृतिको महत्वपूर्ण अंगको रुपमा लिनु पर्ने लामाले बताए । थाङ्काको परम्परागत मूल्य मान्यता र महत्वको संरक्षण गर्दा बौद्ध धर्मको विकास र संरक्षणमा सहयोग पुग्ने भएकोले आफूले परम्परागत मूल्य, मान्यता, नियम र अनुसासन अनुसार थाङ्का चित्र बनाउने कार्यमा समर्पित भएर काम गरिरहेको सोनम लामाले बौद्ध खबरलाई बताए ।

यस वर्षको प्रदर्शनीमा वागमति प्रदेशमा पौवा चित्र जस्तै थाङ्का विधा हुनु पर्नेमा त्यो छुटेकोमा लामाले दुःख व्यक्त गरे । यस पटक प्रदर्शनीमा थाङ्का चित्रको विधा र पौवा चित्रको विधालाई एउटै मानिएको तर्फ असन्तुष्टि व्यक्त गर्दै लामाले थाङ्का चित्र र पौवा चित्रको महत्व र चित्रकलाको प्रकृति फरक भएकोले एउटै विधामा राख्नु उपयुक्त नहुने बताए ।

उनले आगामि दिनमा थाङ्का चित्र र पौवा चित्रलाई अलग अलग विधामा राख्न आफूले सुझाव दिएको पनि बताए । थाङ्का चित्रको मुख्य क्षेत्र वागमति प्रदेश भए पनि वागमति प्रदेशको कलाकार पुरस्कृत नभएकोमा आफूलाई धेरै दुःख लागेको लामाले बताए ।

थाङ्का चित्रको अन्तराष्ट्रिय महत्व भए पनि सरकारले यसलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्धर्न गर्न वेवास्ता गरिरहेको बताउँदै लामाले कलाकार आफैंले थाङ्का चित्रको प्रवद्धर्न गर्नु पर्ने बाध्यता रहेको बताए ।

राज्यले थाङ्का कलाको महत्व बुझेर यसको संरक्षणका लागि धेरै कार्य गर्न बाँकी रहेको बताउँदै लामाले परम्परागत नियम र अनुसासन कायम गर्दै थाङ्का चित्रको संरक्षणमा आफु लागिपरेको बताए । लामा भन्छन्- “अहिले थाङ्का चित्र बनाउँदा नियम र अनुसासन तोड्न थालिएको छ । यसले थाङ्काको मौलिकता र महत्वलाई घटाएको छ ।” बुद्ध धर्म संस्कृतिलाई झल्काउने थाङ्का चित्र नियम र अनुसासन बसेर बनाउनु पर्ने मान्यतालाई आत्मसाथ गर्दै सबैले गम्भिर भएर बनाउनु पर्ने उनले बताए ।

यस वर्ष प्रादेशिक तर्फ प्रदर्शनीमा विभिन्न विधाका १४५ भन्दा धेरै कलाकारहरु सहभागिता रहेका थिए । राष्ट्रिय तर्फ विभिन्न विधाका ५०० भन्दा धेरै कलाकारको सहभागिता रहेको थियो । पुरस्कार ग्रहण समारोहमा सर्लाहि हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी कमल आफैं उपस्थित भई बधाई दिनु भएकोमा लामाले आभार व्यक्त गरे ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय ललितकला प्रदर्शनी तथा प्रादेशिक प्रदर्शनी गर्दै आएको छ । ‘सामाजिक रुपान्तरणः ललितकलाको अभियान’ भन्ने आदर्श वाक्यका साथ यस वर्ष ललितकला प्रदर्शनी भएको थियो ।

प्रदर्शनीलाई सम्बोधन गर्दै संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले तामाङले प्रतिष्ठानले ललिलकलाको संरक्षण, संवद्र्धन र प्रवर्धन गर्न नेपालमा पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनीलाई समेत समेटेर प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखेर एउटै छानामुनि विविध कलाको अवलोकन गर्न अवसर दिएको बताए ।

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

१७ साउन, काठमाडौं । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको आज बिहान करिब ७ः३० मा न…