SamwadKhabar logo

               

कला / साहित्य

तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

प्रमिला भुजेल

प्रमिला भुजेल

तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

जेठ २९, काठमाडौं ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१ मा राखिएका चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृतिमध्ये कलाकार सुरेश लवट तुलाधरको  ‘२१ तारा’ ले सर्वोत्कृष्ट ठहरिएर एक लाख पुरस्कार प्राप्त गरेका छन् । उक्त पुरस्कार ललितपुरको बुङ्मतीका सुरेशको बीस वर्षको मेहनतको उपलब्धि हो भन्ने प्रतिक्रिया दिए । 

प्रदर्शनीमा परम्परागत, आधुनिक, धर्म, संस्कृति, इतिहास, दैनिक जनजीवनसँग सम्बन्धित विभिन्न दृश्य चित्र राखिएका छन् । 

कलाकार तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसकेका छन् । पुस्तान्तरण हुँदै आएको कलाको बिँडो उनीपछिको पुस्ताले धान्ला वा नधान्ला उनी यकिनसाथ भन्न सक्ने अवस्थामा छैनन् । तर तुलाधर भने जीवनलाई यही कलामा समर्पण गरिसकेका छन् । 

त्यसमध्ये उनको सिर्जना परम्परागत काष्ठमूर्तिकला ‘२१ तारा’ हो । त्यसमा नियमबद्ध र परम्परागत बुट्टाले कलालाई थप आकर्षक बनाएको छ । कलाकार तुलाधरले २० वटा तारा एउटै काठबाट बनाएका हुन् ।  एउटा काठमा कला भर्न सजिलो छैन । त्यसमाथि मसिना बुट्टाका साथै नियममा बाँधिएर कला बनाउनु झन् गाह्रो हुने उनको भनाइ छ । 

उक्त सिर्जनामा पाँच वटा ताराको प्रतिनिधित्व पञ्बुद्धले गरेको छ । हरेक ताराले के भन्न खोजेको हो त्यसमा रहेको चिह्न, सङ्केत र वस्तुमार्फत व्यक्त गरिएको छ । ध्यानी बुद्धलाई नै पञ्चबुद्ध भन्ने गरिएको उनको भनाइ छ । वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धिको सामूहिक नाम नै पञ्चबुद्ध हो । मूर्तीकलाको तल अष्टमङ्गल रहेको छ ।

एक्काइस वटै तारालाई पहिचान दिने चिह्नहरु छन्, जसले आ–आफ्नो महत्व दर्शाइदिन्छ । पञ्चबुद्धको मुनी धर्मरक्षकका रुपमा गरुड, बेटाल, सिंह, मकर विभिन्न स्वरुपमा कुँदिएको छ । सिर्जनामा नागकन्या पनि समावेश छ । बौद्धधर्म अनुसार मनको इच्छा पूरा गर्ने ताराका रुपमा २१ तारालाई लिइन्छ । चाँपको काठबाट बनाइएको परम्परागत काष्ठकलामा रहेको एउटा/एउटा ताराको छुट्टै महत्व र व्याख्या छ । कलाकार तुलाधरले २० वटा तारा एउटै काठबाट बनाएका छन् । 
 

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

१७ साउन, काठमाडौं । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको आज बिहान करिब ७ः३० मा न…