SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


दाङमा खोलाले गाडी बगाउँदा ४ जनाको मृत्यु

भदौ १७, काठमाडौं । दाङमा बुधबार राति खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । नेपालगन्जबाट घोराहीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको कारलाई घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित सिस्नेखोलामा आएको बाढीले बगाउँदा एकै घरका दिदीबहिनीसहित चार जनाको मृत्यु भएको...


पोखरामा पहिरोले ३ जनाको मृत्यु, ५ घाइते

भदौ १७, काठमाडौं । पोखराका विभिन्न स्थानमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु र ५ जना घाइते भएका छन् । बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–२० भलाममा २ जना र पोखरा–११ काहुँमा १ जनाको मृत्यु भएको हो । भलाममा कृष्ण...


पूर्व-पश्चिम राजमार्ग सात दिनपछि दुईतर्फी सञ्चालन

भदौ १७, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैंडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । पूर्व पश्चिम राजमार्ग विस्तारका...


मिस नेपाल युएसलाई अमेरिकामा ट्रेडमार्क

भदौ १६, काठमाडौं । झण्डै १० वर्षसम्मको प्रकृया र लडाईपछि मिस नेपाल युएसले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ। अमेरिकामा नेपालीहरु सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने मिस नेपाल युएस पहिलो र एकमात्र रहेको छ। सन् २०१७ को अक्टोबरमा...


प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ

भदौ १६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन् । उनले आज काठमाडौँ महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गरेका हुन् । सो क्षेत्रमा कपुर...


एक अर्ब रुपैयाँको लगानीमा ‘पटिहानी रिसोर्ट’स् सञ्चालनको अन्तिम तयारी

भदौ १६, काठमाडौं । पर्यटकीय नगरी चितवनको पटिहानीमा एक अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका(२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका...


अर्घाखाँचीमा पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

भदौ १६, काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब...


ठमेलमा निर्वाधरुपमा व्यवसाय गर्न पाउनुपर्ने माग

भदौ १६, काठमाडौं । ठमेल क्षेत्रका रात्रिकालीन एवं स्पा व्यवसायीले निर्वाधरुपमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । ठमेलका क्षेत्रका व्यवसायीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई भेटेर यस क्षेत्रमा निर्वाधरुपमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न माग गरेका हुन्...


बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

भदौ १६, काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका खनालले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका बताएका छन् । एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका खनालले बुधबार...


आजदेखि काठमाडौंमा थुप्रिएको फोहोर उठाउन थालियो

भदौ १६, काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकाले फोहोर उठाउन थालेको छ । काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको हो। काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय...


गोरखा पालुङटार नगरपालिकाका १०० परिवारलाई राहत

१५ भदौ , गोरखा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित गोरखा जिल्लाको पालुङटार नगरपालिकाका विभिन्न स्थानका १०० परिवारलाई राहत सामाग्री वितरण गरेको छ । मंगलबार पालुङटारमा सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा राहत सामग्रीमा १०० थान सुविधा सम्पन्न...


२ किलो ९६६ ग्राम कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

भदौ १३, काठमाडौं । प्रहरीले २ किलो ९६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह र तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारो रहेका छन् । प्रहरीको लागू औषध नियन्त्रण ब्‍यूरोले...


गैंडाकोटमा पूर्व-पश्चिम राजमार्ग सञ्चालनमा नआउँदा यात्रुलाई असहज

भदौ १३, काठमाडौं । अविरल वर्षाका कारण पूर्वी नवलपरासीको गैंडाकोटमा डाइभर्सन बगाएर अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन सकेको छैन । गैंडाकोटको थुम्सि जङ्गलमा पर्ने २३ स्मृति नजिक बिहीबार राति ९ बजेबाट डाइभर्सन बगाएर अवरुद्ध भएको...


मध्यपश्चिम विश्वविद्यालय परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति

भदौ १३, काठमाडौं । अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति...


सप्तकोशीमा पानीको बहाब यो वर्षकै उच्च

भदौ १३, काठमाडौं । सप्तकोशी नदीमा आइतबार पानीको वहाव यस वर्षकै सबैभन्दा बढी देखिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो...


विद्यार्थी परिषद्द्वारा धादिङका बाढी पीडित परिवारलाई राहत वितरण

भदौ १३, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित धादिङ जिल्लाका विभिन्न स्थानका १०० परिवारलाई राहत सामाग्री वितरण गरेको छ । शनिबार परिषद्ले एक विशेष कार्यक्रम आयोजना गरी राहत सामग्रीहरू खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका प्रतिनिधि...


बुटवलको ज्योतिनगरमा २३ वर्षपछि फेरि पहिरो, घरमा क्षति

भदौ १३, काठमाडौं । अबिरल आएको वर्षाका कारण बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योति नगरमा पहिरोले दर्जन घरमा क्षति पुर्‍याएको छ। २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो। आज बिहान ६ बजे चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्री...


हेलम्बु राजमार्ग अवरुद्ध

भदौ १३, काठमाडौं । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन...


मंगलबारबाट नेपाल-श्रीलंकाबीच सिधा उडान हुने

भदौ १३, काठमाडौं । आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका...


इन्टरनेट सेवा प्रदायकको समाचार लेखेपछि अनलाइन नै ब्लक

भदौ १३, काठमाडौं । इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक गरेको छ। नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरको सञ्चारगृह...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…