SamwadKhabar logo

               

समाचार

१२६० समाचार


बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।...


कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ५२ सांसदको समर्थन

वैशाख २७, काठमाडौं । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ५२ सांसदले समर्थन गरेका छन् । उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका हुन् । बिहीवार कार्कीले आफू्लाई मुख्यमन्त्रीमा नियुक्त...


पारदर्शिता र सुशासन एक-अर्काका पूरक: राष्ट्रपति रामचन्द्र पौडेल

वैशाख २७, काठमाडौं । बिहीवार काठमाडौँमा आयोजित नेपाल चार्टड एकाउन्टेन्ट सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक-अर्काका पूरक रहेको बताएका छन् । उनले लेखा व्यवसायीहरूको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको...


बाँकेको कोहलपुरमा गोली चल्यो, लागुऔषध कारोवारमा संलग्न व्यक्ति पक्राउ

वैशाख २७, काठमाडौं । बाँकेको कोहलपुरस्थित चप्पलगौँडामा लागु औषध कारोवारीलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड गोली चलाएको छ । बिहीवार काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध कारोवारमा संलग्न २६ वर्षीय सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो...


नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

वैशाख २६, काठमाडौं । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको नगरपालिका४ काहालान्च घर भएका २८ वर्षीय युवक छन् । साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार अनलाइन अध्ययन प्रयोजनका लागी नाबालिकाले चलाएको...


संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ स् मन्त्री शर्मा

वैशाख २६, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताएकी छन् । आज बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको...


कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष माधव नेपाल

वैशाख २६, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताउँदै कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका हुन् ।...


दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

वैशाख २६, काठमाडौं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले बुधबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा सो...


माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

वैशाख २६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ । मंगलवार फोक्सो र घाँटीको क्यान्सर रोगबाट ग्रसित रहेका खड्काको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा निधन भएको हो ।...


कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने

वैशाख २६, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर विदेशका शिक्षण संस्थामा अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई मान्यता दिने भएको छ । काउन्सिलले कोरोना महामारीको समयमा अनलाइनमार्फत विदेशका शिक्षण संस्थामा चिकित्सा शिक्षा स्नातक (एमबिबिएस तथा बिडिएस) अध्ययन गरेका...


आज मातातीर्थ औंसी, मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

मातातीर्थमा स्नान गर्नेको घुइँचो वैशाख २६, काठमाडौं । चन्द्रागिरि नगरपालिका६ स्थित मातातीर्थ कुण्ड परिसरमा बुधवार बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिन दिवंगत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको भीड लागेको हो ।...


जेठ १० गतेदेखि गोरखामा रोट महोत्सव हुने

वैशाख २५, काठमाडौं । गोरखाको गोरखनाथ मन्दिरमा सवा लाख रोट महोत्सव हुने भएको छ । जिल्लामा धार्मिक पर्यटक भित्र्याउन प्रसिद्ध धार्मिकस्थल गुरु गोरखनाथको मन्दिरमा आगामी जेठ १० गतेदेखि २१औँ सवा लाख रोट महोत्सवको आयोजना गरिएको छ ।आयोजक सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका...


हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

वैशाख २५, काठमाडौं । हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ। यो गाजामा चलिरहेको द्वन्द्वमा सम्भावित सफलताको प्रतीक भएको सिएनएनले जनाएको छ। भरपर्दो स्रोतबाट प्राप्त दस्ताबेजमा उल्लिखित प्रस्तावले तनाव कम गर्न र दिगो शान्तिका लागि मार्गप्रशस्त गर्ने उद्देश्यले...


मोरङमा बस दुर्घटना हुँदा १८ जना घाइते

वैशाख २५, काठमाडौं । मोरङको बुढीगंगामा आज मंगलवार बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार सिराहादेखि विराटनगरतर्फ आइरहेको बा ४ ख ७४५०बस बुढीगंगा३ बाँसबारी चोकमा पल्टिएर दुर्घटना हुँदा १८ जना...


साढे ७ महिनापछि पर्याप्त वर्षा, किसानलाई राहत

वैशाख २५, काठमाडौं । साढे ७ महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई राहत मिलेको छ । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली प्रभावित भएपछि निराश भएका किसान सोमबार दिउँसोदेखि वर्षा भएर किसान हर्षित बनेका हुन् । खेतबारीमा लगाएको...


गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध कांग्रेसले दियो सर्वोच्चमा रिट

वैशाख २५, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मंगलवारकांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेयले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा...


बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, काठमाडौं ल्याइँदै

वैशाख २५, काठमाडौं । कार्यक्रमको सिलसिलामा सिन्धुलीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । रामेछापको मन्थली-३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जानेक्रममा अस्वस्थ भएपछि उनलाई बीच बाटोबाटै काठमाडौं ल्याउन लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका...


नवगठित जसपालाई जनप्रतिनिधिको सनाखतका लागि २१ दिन

वैशाख २५, काठमाडौं । निर्वाचन आयोगले नवगठित जनता समाजवादी पार्टी नेपाल(जसपा) का प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गरेर कित्ता छुट्टयाउन २१ दिने सूचना जारी गरेको छ । आयोगले आज मंगलवार सूचना जारी गर्दै जसपा नेपालका तर्फबाट निर्वाचित प्रदेशसभा...


दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

वैशाख २५, काठमडौं । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ । आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्यू...


हुन्डी कारोवारमा संलग्न दुई चिनियाँसहित तीनजना पक्राउ

वैशाख २५, काठमाडौंं । काठमाडौं ठमेलस्थित होटल ज्याङ्सुबाट दुई जना चिनियाँ नागरिकसहित एक नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हुन्डी कारोवार हुने गरेको सूचनाका आधारमा सुरुमा होटल ज्याङ्सुबाट एक जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएपछि ठमेलकै अर्को ठाउँबाट थप एक...


ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…