प्राज्ञिक विद्यार्थी परिषद्ले विराटनगरमा शिक्षा कार्यशाला गर्दै
असार ७, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कोशी प्रदेशको राजधानी विराटनगरमा शिक्षा कार्याशाला गर्ने भएको छ । नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधानका विषयमा कार्याशाला संचालन हुने परिषद्ले जनाएको छ । असार ९ गते शनिवार बिहान ११ बजेदेखि...
एसइईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारीमा
असार ६, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) यही असार तेस्रो साताभित्र प्रकाशित गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने तयारीका...
छात्र विद्यार्थीलाई नेपाली टोपी अनिवार्य
संखुवासभाको खाँदबारीस्थित श्री हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी लगाई कक्षामा उपस्थित हुन अनिवार्य । मौलिक र राष्ट्रियता झल्काउने उद्देश्यले विद्यालयले छात्र विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी र छात्रा विद्यार्थीलाई दुई चुल्ठो बाट्न अभिप्रेरित गर्दै आएको छ ।...
केयूबाट ७३ विदेशीसहित १ हजार २४० जना विद्यार्थी दीक्षित
जेठ २९, काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालय (केयू) मा आइतबार ७३ विदेशीसहित १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका छन् । २८औँ दीक्षान्त समारोहमा भारत, बेनिन, श्रीलंका र अमेरिका गरी ४ देशका विदेशी विद्यार्थी दीक्षित भएका हुन् । प्रधानमन्त्री...
गोकर्णेश्वरमा दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
जेठ १०, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सहयोगमा दलित समुदायका जेहेन्दार विद्यार्थीहरुको आत्मबल बढाउनको लागि खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । मंगलबार गोनपा ८ बेशिगाउँमा रहेको चक्र स्मृति पाठशालामा गोनपा ९ का वडा अध्यक्ष राजिव...
रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता– मन्त्री साउद
जेठ ७, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन् । बानेश्वर बहुमखी क्याम्पसको ३२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर रोजगारी खोज्ने नभइ आफै रोजगारी सिर्जना...
माध्यामिक तहको लाइसेन्सका लागि आवेदन खुल्ला
वैशख ३१, काठमाडौं । माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुल्ला भएको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको हो । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन...
सरकारलाई नीतिगत सुधारका विषयमा विशेष ध्यान दिन सुझाव
वैशाख २९, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकारलाई नीतिगत सुधारका विषयमा विशेष ध्यान दिनुपर्ने मागसहित शिक्षा, गृह र अर्थ मन्त्रालयसमक्ष सुझावपत्र बुझाएको छ। परिषद्को नवौँ राष्ट्रिय अधिवेशबाट पारित गरिएका शैक्षिक, समसामयिक र आर्थिक प्रस्तावहरू शिक्षा, गृह र अर्थ...
शैक्षिक क्षेत्र सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री
वैशाख २६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज (मङ्गलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै प्रधानमन्त्रीले विगतदेखि नै थाती रहेका केही...
विवरण नबुझाउने र शुल्क फिर्ता नगर्ने विद्यालयको दर्ता खारेज गरिने
वैशाख २१, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोथिमि क्षेत्रमा सञ्चालित मातृभूमि इंग्लिस स्कुलले यस शैक्षिकसत्रका लागि अभिभावकसँग कक्षा १ को मासिक शुल्क रु ३० हजार असुल्यो । मध्यपुरथिमि नगरपालिकाले गठन गरेको अनुगमन समितिले गरेको अनुगमनमा गत वर्षमा लिँदै आएको शुल्कमा यस...
ईपीएस भाषा परीक्षामा ८ हजार ३८० जना उत्तीर्ण
वैशाख १७, काठमाडौं । दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा ८ हजार ३८० जना उत्तीर्ण भएका छन् । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जान २३ फागुन २०७९ देखि १३...
स्नातक तहको परीक्षा एक साता पछि सर्यो
वैशख ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा एक साता पछाडि सारेको छ । वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुने भएकाले त्यो दिनको परीक्षा वैशाख १६ गतेका लागि सारिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।...
वैशाखभित्र विद्यालय तहको भर्ना अभियान सञ्चालन गर्न आह्वान
वैशख ४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञानः गुणस्तरीय शिक्षा, सबैको अभियान’...
महानगरभित्रका सामुदायिक विद्यालयलाई कुनै पनि शुल्क नलिन निर्देशन
चैत ३०, काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा...
भाषामात्रै पढ्नका लागि विदेश जान नपाइने
चैत २९, काठमाडौं । अबदेखि कक्षा १२ पास नगरेका विद्यार्थी पढ्नका लागि विदेश जान नपाउने भएका छन् । यसअघि भाषालगायत विभिन्न कोर्सका लागि विद्यार्थीहरु विभिन्न देश जाने गर्दथे । तर, अब भने सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने...
नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी
चैत २८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले नवीकरण नगर्ने क्याम्पससँग स्पष्टिकरण माग गरेको छ । सोमबार एक सूचना जारी गर्दै त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले क्याम्पसलाई नवीकरण नगर्नुको कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा पेश गर्न भनेको...
विशेषज्ञ नर्सको लाइसेन्सका लागि अब परीक्षा दिनुपर्ने
चैत २७, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको नाम दर्ताका लागि परीक्षा लिने भएको छ । काउन्सिलले सूचना जारी गर्दै २०८० साल असारसम्ममा परीक्षमार्फत नाम दर्ता गर्ने निर्णय गरेको जनाएको छ । त्यसका लागि अनलाइन आवेदन खुला गर्ने र...
पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी
चैत २६, काठमाडौं । ललितपुरको पाटन क्याम्पसमा स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा थिङलाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । २ हजार ६७९ मत खसेकामा...
महिला समूहलाई व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न
चैत २३, काठमाडौँ । गौरीशंकर महिला समाज माकलबारीद्वारा आयोजित १० दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नंं. ६ को सहयोगमा भएको सो तालिम गत चैत १४ गतेदेखि (विहिबार) २३ गतेसम्म सञ्चालन भएको थियो...