SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारियो

मङ्सिर २०, काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारिएको छ । सरोकारवाला विभिन्न पक्षहरूको विरोधका बावजुद लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ रातारात सारिएको हो । रुपन्देहीका विभिन्न राजनीतिक दलहरूले हतारमा राजधानी नसार्न माग गर्दै आए पछि मुख्यमन्त्रीको कार्यालय र...


काभ्रेमा रेबिज प्रभावित क्षेत्रमा खोप

मङ्सिर २०, बनेपा । काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए । महाभारत– १ को गोकुले...


राष्ट्रिय लोकमार्गमा ‘हाइड्रोपावर’ निर्माण

मङ्सिर २०, ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको...


भागवत महापुराण यज्ञमा सहभागी भए प्रधानमन्त्री देउवा

मङ्सिर १९, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी हुनुभएको छ । सोमबार ललितपुरको बाँडेगाउँस्थित सन्तनेता स्वर्गीय भट्टराईको निवासमा आयोजित सो महायज्ञमा प्रधानमन्त्री देउवा सहभागी...


पत्रकार एलनमाथी सांघातिक आक्रमणः समाजवादी प्रेस संगठनको गम्भीर ध्यानाकर्षण

मङ्सिर १९, काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव तथा सक्रिय पत्रकार रामकुमार एलनमाथि हातपात भएकोप्रति समाजवादी प्रेस संगठन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै एलनमाथी हातपात भएको भन्दै...


नवौँ विश्व माटो दिवस मनाइँदै

मङ्सिर १९, काठमाडौं । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिख अर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ । सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर...


छुट्टाछुट्टै सडक दुर्घटनामा परी पाँचकाे मृत्यु

मंसिर १९, काठमाडौँ । रूपन्देही, सैनामैना नगरपालिका – २ रिङरोडस्थित सडकमा लु २ त ६१८५ नम्बरको ट्याक्टरको ट्रलीबाट लडेर सोही नगरपालिका –४ झारबैरा बस्ने ६० वर्षीय ठगे थारुको आइतबार दिउँसो मृत्यु भएको छ । ट्रलीबाट लडेर ट्याक्टरको पछाडिको चक्काले किच्दा...


मंसिर २८ सम्म राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगको तयारी

मङ्सिर १९, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ । मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको नतिजा आइसकेपनि...


नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन, दुई वर्षपछि अर्को संस्करण

मङ्सिर १९, काठमाडौँ । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) २०२२ समापन भएको छ । मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न...


अमेरिकन एम्बेसी युथ काउन्सिलको ‘अपस्कील प्रोजेक्ट’ सम्पन्न

मङ्सिर १९, काठमाडौं । अमेरिकन एम्बेसी युथ काउन्सिल नेपालको आयोजनामा मंसिर १० गतेदेखि दाङमा सुरु भएको ‘अपस्कील’ प्रोजेक्ट आइतबार सम्पन्न भएको छ । आठ दिनसम्म सञ्चालन भएको उक्त प्रोजेक्टले दाङको तुलसीपुरस्थित मेट्रो कलेजका विद्यार्थीहरुलाई अतिरिक्त सीप (ट्रेनिङ) प्रदान गरेको छ...


तापक्रम घट्दो: चिसोबाट बच्न विभागको आग्रह

मङ्सिर १९, काठमाडौँ । सोमबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ३.८ डिग्री सेल्सियस मापन भयो । यो देशकै सबैभन्दा बढी चिसो रहेको मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क हो । यता न्यूनतम तापक्रम क्रमिक रूपमा सुधार हुँदा चिसो ह्वात्तै बढेको भन्दै जल...


यी हुन् १६५ निर्वाचित सांसद, कुन पार्टीबाट कति ? (सूचीसहित)

मङ्सिर १९, काठमाडौं । यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अन्तिम मत परिणाम दोलखाको सार्वजनिक भएको छ । जहाँ माओवादीका उमेदवार विजयी भएका छन् । सार्वजनिक अन्तिम नतिजाअनुसार नेपाली...


दोलखामा माओवादीका कार्की विजयी

मङ्सिर १९, काठमाडौं । दोलखामा नेकपा माओवादी केन्द्रका उमेदवार गंगा कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार बालकृष्ण शिवकोटीलाई पराजित गरेका छन्। कार्कीले शिवाकोटीलाई ३१८ मतको अन्तरमा पराजित गरेका हुन् । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरेका...


दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

मंसिर १८, काठमाडौँ । दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको लागि श्री वीरदल गण नवौं डफ्फाको पहिलो टोलीका २१३ जना नेपाली शान्ति सैनिकहरु त्यसतर्फ प्रस्थान गरेका छन् । सो टोली प्रमुख सेनानी राजन दाहालको...


माया लुहार हत्या प्रकरणः सशस्त्रका जवान पक्राउ

मङ्सिर १८, काठमाडौं । बैतडीमा म्यादी प्रहरी युवतीको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बलका एक जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतराम कोली छन् । उनी हाल कास्कीमा कार्यरत छन् । प्रहरीका अनुसार आरोपित कोलीलाई कञ्चनपुरबाट पक्राउ गरिएको...


पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

मङ्सिर १८, गण्डकी। उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल। अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ। दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन गर्न सकिनु तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं...


‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’

मङ्सिर १८, काठमाडौँ । वाग्मती सफाइ महाअभियान चार सय ९९ हप्ता पूरा भएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार वाग्मती सफाइ हुने गरेको छ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका...


यी हुन् प्रतिनिधिसभाका नवनिर्वाचित १६४ सांसद (सूचीसहित)

मङ्सिर १८, काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन २०७९ को मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म प्रतिनिधिसभाका १६५ मध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अब दोलखाको ननिजा आउन बाँकी छ । त्यहाँ गणना जारी छ...


बी एण्ड बी हस्पिटलले देशभरका पत्रकारको उपचारमा छुट दिने

मङ्सिर १८, ललितपुर । ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालले देशभरका पत्रकार र परिवारलाई उपचारमा छुट दिने भएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा बी एण्ड बी हस्पिटलले पत्रकारलाई छुट योजना ल्याएको हो । छुट योजनाका लागि शुक्रबार...


इरानमा जारी प्रदर्शनका क्रममा २ सय जनाको मृत्यु

मङ्सिर १८, काठमाडौं । इरानमा केही महिना यता भईरहेको प्रदर्शनका क्रममा २ सय जना मानिसको मृत्यु भएको खुलासा भएको छ । इरानको एक सुरक्षा निकायले गत सेप्टेम्बर यता जारी प्रदर्शनका क्रममा २ सय जना मानिसको मृत्यु भएको जनाएको हो ।...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…