श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने
जेठ १७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला आजदेखि कोशी प्रदेशको विराटनगरमा सुरु हुँदैछ । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले श्रमाधान रोजगार मेला गर्न लागिएको...
बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
वैशाख १७, काठमाडौं । बझाङ१ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमवार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६...
बझाङमा मतगणना १ बजेबाट शुरू हुने
वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्वाचनको मतगणना आज १ बजेदेखि सुरु हुने भएको छ । बझाङको सदरमुकाम चैतनपुरमा भर्खरै सम्पन्न भएको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना १ बजेबाट सुरु हुने भएको...
क्यालिफोर्नियाको पहिलो मुक्तिनाथ मन्दिरमा शिवलिङ्गको प्राण-प्रतिष्ठा
चैत्र २, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको पहिलो मुक्तिनाथ मन्दिर परिसरमा शिवलिङ्ग स्थापना गरी प्राणप्रतिष्ठा गरिएको छ। अमेरिकामा रहेका हिन्दु सनातन धर्म मान्ने व्यक्ति र बौद्धमार्गीहरुको हजारौँको सङ्ख्यामा सहभागिता मुक्तिनाथधाम मन्दिर परिसरमा लाख बत्ती बाल्ने, लघु रुद्री एवं रुद्राभिषेक...
मिटरब्याज पीडितद्वारा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन
फागुन २७, काठमाडौं । मिटर ब्याज पीडितहरूले जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका छन् । मिटर ब्याजविरुद्ध न्याय मार्चमा रहेका पीडितहरूले लामो समयदेखि सरकारसँग वार्ता भइरहे पनि आफ्ना मागहरू सम्बोधन नभएपछि मिटरब्याज पीडितहरूले आइतवार ४१ औ दिनमा भद्रकालीमा जुत्ता चप्पल...
योग र ध्यान सिक्न पाकिस्तानबाट मुसलमान टोली काठमाडौँ आउँदै
फागुन २७, काठमाडौं । योग तथा ध्यानप्रति आकर्षित हुँदै गएको पाकिस्तानको मुसलमान समुदायको एउटा टोली योग र ध्यानको अध्ययन र प्रशिक्षण लिन काठमाडौँ आउने भएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीका अनुसार कम्तिमा १ सय जना पाकिस्तानी योग...
शिक्षक सेवा आयोगद्वारा मावि तह शिक्षक पदको परीक्षा केन्द्र सार्वजनिक
फागुन २४, काठमाडौं । शिक्षक सेवा आयोगले ३ चैतमा हुने माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) को परीक्षा केन्द्रको नामावली सार्वजनिक गरेको छ । आयोगले लिखित सामान्य परीक्षाको केन्द्रगत उम्मेदवारहरुको रोल नम्बर सहितको केन्द्रगत विवरण सार्वजनिक...
नापतौलमा ठगी गर्ने चार हजार बढी व्यवसायीलाई कारवाही
फागुन २३, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष (आव) को छ महिनामा...
संरक्षणको प्रतीक्षामा पुरैनी ताल
फागुन २०, काठमाडौं । कञ्चनपुर बेलौरी नगरपालिका– ६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन्। ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ। ताल वरिपरिको सीमसार क्षेत्रमा आहार...
बालविवाह नियन्त्रणका लागि निमन्त्रणा ‘कार्ड’ मा जन्ममिति अनिवार्य
फागुन २०, काठमाडौं । । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरणका लागि विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको छ । आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला...
राष्ट्रिय सभाका २० सदस्यको पदावधि आजदेखि सकिँदै
फागुन २०, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि आज सकिएको छ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि...
वाफ महिला फुटबल : पेनाल्टीसुटआउटमा नेपाल जोर्डनसँग पराजित
फागुन १८, काठमाडौं । वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित भएको छ । बिहीवार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराउँदै उपाधि हात पार्न सफल भएको...