उदयपुरको सिद्धिपुरबाट दुई करोड बराबरको बेसार बिक्री
फागुन २१, काठमाडौं । उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् ।सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै...
स्वामी विवेकानन्द-संस्कृति-ज्ञान-परीक्षा विभिन्न जिल्लामा सम्पन्न
फागुन २०, काठमाडौं । स्वामी विवेकानन्द-संस्कृति-ज्ञान-परीक्षा–२०८० विभिन्न जिल्लामा सम्पन्न भएको छ । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा हरेक वर्ष आयोजना हुँदै आएको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा यस वर्ष केही जिल्लाहरूमा सम्पन्न भइसकेको छ भनें केहि जिल्लाहरुमा हुने क्रममा रहेको छ...
बागमती प्रदेशमा पाँच लाख ५० हजार बाख्रामा लगाइयो पिपीआर खोप
फागुन २०, काठमाडौं । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ । उक्त अभियानअन्तर्गत करिब पाँच लाख बाख्रामा खोप लगाइसकेको छ । मन्त्रालयका योजना तथा अनुगमन...
३२ जना अधिकारकर्मीको बालेनलाई खुला पत्रः सडक व्यापारीसँग माफी माग
फागुन २०, काठमाडौं । आइतवार खुला पत्र लेखी ३२ जना अधिकारकर्मीले सडक व्यापारीमाथि अन्धाधुन्ध बल प्रयोगप्रति माफी माग्न काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई आग्रह गरेको छ । गत फाल्गुन १६ गते नगर प्रहरीको एक समूहले काठमाडौँको सुन्धारा क्षेत्रका सडक व्यापारीमाथि...
जानकी प्रदेशको चौथो प्रदेश अधिवेशन लाहानमा
फागुन २०, काठमाडौ।प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जानकी प्रदेशको चौथो प्रदेश अधिवेशन सिराहाको लाहानमा भएको छ । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले औपचारिक रूपमा उद्घाटन गरि चौथो प्रदेश अधिवेशन भएको थियो । फागुन १८, १९ र २० गते...
संरक्षणको प्रतीक्षामा पुरैनी ताल
फागुन २०, काठमाडौं । कञ्चनपुर बेलौरी नगरपालिका– ६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन्। ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ। ताल वरिपरिको सीमसार क्षेत्रमा आहार...
जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यु
फागुन २०, काठमाडौं । जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेकी छिन् । जनकपुर जलेश्वर...
बालविवाह नियन्त्रणका लागि निमन्त्रणा ‘कार्ड’ मा जन्ममिति अनिवार्य
फागुन २०, काठमाडौं । । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरणका लागि विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको छ । आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला...
राष्ट्रिय सभाका २० सदस्यको पदावधि आजदेखि सकिँदै
फागुन २०, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि आज सकिएको छ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि...
गोरखपुरमा भारत नेपाल सांस्कृतिक सम्बन्ध बारे अन्तर्राष्ट्रिय संगोष्ठि
फागुन २०, काठमाडौँ । गोरखपुरमा भारत नेपाल सांस्कृतिक सम्बन्ध विगत देखि वर्तमान विषयक अन्तर्राष्ट्रिय संगोष्ठि सुरु भएको छ । महायोगी गोरखनाथ विश्वविद्यालय गोरखपुर र महाराणा प्रताव महाविद्यालयको आयोजनामा “नेपाल भारत सांस्कृतिक सम्बन्ध विगतदेखि वर्तमान” विषयक अन्तर्राष्ट्रिय संगोष्ठि जंगल धुसड गोरखपुरमा...
दर्शक देखाउँदै शीर्ष नेतालाई रविले भने– ‘शक्ति मञ्चमा होइन, जनतामा छ’
फागुन १८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूको जमघट भएको मञ्चभन्दा जनताको शक्ति ठुलो भएको बताएका छन् । शुक्रवार भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मञ्चमा देखिएको शक्तिभन्दा...
महाशिवरात्रिका मूलसहित ८ उपसमिति गठन, २३ गते पत्रकार सम्मेलन
फागुन १८, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीको संयोजकत्वमा महाशिवरात्रि पर्व व्यवस्था मूल समिति–२०८० गठन भएको छ । महासमिति अन्र्तगत विभिन्न ८ उपसमिति समेत गठन भएका छन् । ८ उपसमितिहरुमा...
त्रिकोणात्मक टी–२० शृंखला: नामिबियामाथि नेपालको रोमाञ्चक जित
फागुन १८, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुर घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले जित हासिल गरेको छ। नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले...