SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


रूसी मिसाइलहरूको प्रहारबीच जेलेन्स्कीले जी–७ लाई सम्बोधन गर्ने

असार १३, जर्मनी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले धनी राष्ट्रहरूको समूह जी–७ समूहको शिखर सम्मेलनलाई सोमबार सम्बोधन गर्दैछन् । सम्बोधनमा उनले रुस विरुद्धको युद्ध जित्न थप प्रभावशाली हतियारहरू उपलब्ध गराउन आग्रह गर्ने बताइएको छ । यो सातामा कीभ र अन्य...


घडियाल गोहीका ४९६ बच्चा कोरलिए

असार १३, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई...


कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्न सर्वोच्चको आदेश

असार १३, काठमाडौँ । सर्वोच्च अदालतले कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न आदेश दिएको छ । अदालतले आगामी प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो । काठमाडौं स्कुल अफ ल का विद्यार्थीद्वारा प्रदिक्षा केसी...


चितवनमा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

असार १३, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल भरतपुर–५ विकासचोक बस्दै आएका ३२ वर्षका प्रकाश विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको कोठामा...


हैजा उपचारका लागि अस्पतालहरु तयारी अवस्थामा छन्ः निर्देशक दास

असार १३, काठमाडौँ । हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरुलाई तयारी अवस्थामा रहन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले निर्देशन दिएको बताएका छन् । शिक्षा तथा स्वास्थ्य समितिको सोमबार प्रतिनिधिसभामा हैजाबारे भएको छलफलमा उपस्थित भएका निर्देशक दासले...


नवनियुक्त मन्त्रीले लिए शपथ

असार १३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीले शपथ लिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक...


बाँकेमा सिकलसेल एनिमियाका विरामी बढ्दै

असार १३, काठमाडौँ । थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो । स्वास्थ्य कार्यालय,...


समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आज बस्दै

असार १३, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आज (सोमबार) बस्ने भएको छ। काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान परिषदमा बस्ने बैठकमा पार्टीको सांगठानिक गतिविधि, स्थानीय चुनावको समीक्षा, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय...


जर्मनीको सहयोग नेपाललाई निरन्तर रहनेः जर्मन राजदूत

असार १३, काठमाडौँ । संघीय गणतन्त्र जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयले नेपालसँगको द्विपक्षीय विकास सहयोगलाई सन् २०२३ पछि पनि निरन्तरता दिने निर्णय गरेको छ । जर्मनीका चान्सलर ओलाफ शुल्जले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्रमार्फत जर्मनीको सहयोगलाई दिगो आर्थिक विकास,...


आईजिपी नियुक्तिविरूद्धको रिटमा सुनुवाइ हुँदै

असार १३, काठमाडौं । नेपाल प्रहरीको प्रहरी आईजिपीमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ । असार ५ गते सुनुवाई भएको मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश...


लोकसेवा आयोग विधेयक पारित

असार १३, काठमाडौँ । विधायिकी चरणमा प्रवेश गरेको साढे तीन वर्षपछि लोकसेवा आयोग विधेयक पारित भएको छ । प्रतिनिधि सभाले आइतबार राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकार गरेसँगै विधेयक प्रमाणीकरणको प्रक्रिया अघि बढेको छ । पहिलो बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि दोस्रो...


भारतीय बजार गएका दाङका दूई युवताीमाथि सामूहिक बलात्कार, अन्य चारजना लुटिए

असार १३, काठमाडौँ । दाङस्थित नेपाल–भारत सीतावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवतीलाई भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।...


काठमाडौं उपत्यकाका नौ स्थानमा देखियो हैजा

असार १२, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न नौ स्थानमा हैजाको संक्रमण देखिएको छ । शनिबार पाटन अस्पतालमा उपचाररत एकजनामा हैजाको संक्रमण पुष्टि भएको छ । काठमाडौंको नैकाप क्षेत्रका एक व्यक्तिमा पनि हैजा संक्रमणको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । पाटनमा...


मन्त्रिपरिषद् पुनर्गठनः यी हुन् एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु

असार १२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री देउवाले नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेका हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको हो । एकीकृत समाजवादीका...


नेपाल एयरलाइन्सले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने

असार १२, काठमाडौँ । नेपाल एयरलाइन्सले १० वर्षे (२०२१–२०३०) व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमका नवनियुक्त महाप्रवन्धक दीपु ज्वारचनका अनुसार तत्कालको हवाई बजारलाई मध्यनजर गर्दै उक्त योजनाको समीक्षा र आवश्यक परिमार्जन गर्ने निर्णय गरिएको हो । निगमले यही...


विभिन्न मुलुकमा अलपत्र एक हजार १२ कामदारको उद्धार

असार १२, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले विशेष ध्यान दिने बताउनुभएको छ। उहाँले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा अलपत्र एक हजार १२ जनाको उद्धार गरिएको जानकारी दिनुभयो। राष्ट्रियसभाको बैठकमा...


क्यानडा टुर र लिग–२ का लागि क्रिकेट टोली घोषणा

असार १२, काठमाडौँ । क्यानडा टुर र लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले क्यानडामा हुने श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको हो । नेपाली टिम खेलका...


गर्भपतनसम्बन्धी फैसलाको विरोधमा अमेरिकी सर्वोच्च अदालतअगाडि प्रदर्शन

असार १२, काठमाडौँ । गर्भपतनसम्बन्धी पाँच दशक पुरानो फैसलालाई उल्ट्याउने आदेशविरूद्ध अमेरिकाको सर्वोच्च अदालतअगाडि सयौंले प्रर्दशन गरेका छन्। समाचार संस्था रोयटर्सका अनुसार विभिन्न प्लेकार्ड बोकेका प्रर्दशनकारीहरूले सर्वोच्चको निर्णय सच्चाउन माग गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि सर्वोच्चको फैसलाप्रति असहमति...


पर्यटनमन्त्री प्रेम आलेले दिए राजीनामाः ५ बजे पत्रकार सम्मेलन

असार १२, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले राजीनामा पत्र पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् । औपचारिक घोषणा भने साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत गर्ने बताए । मन्त्री आलेले...


धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्

असार १२, काठमाडौँ । के तपाईलाई रिस उठ्छ ? पक्कै पनि उठ्छ होला। संसारमा सायदै कोहि होला जसलाई रिस नउठोस्। रिस भनेको मानिसमा सामान्य रूपमा हुने उद्वेग हो। यसले अरुलाई भन्दा पनि बढी आफैलाई हानी पुर्‍याउने गर्दछ। यसलाई नियन्त्रण गरिएन...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…