SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


भारतकाे राजस्थानमा दुई मुस्लिमले एक जना हिन्दुको गरे हत्या

असार १५, काठमाडौं । भारतको राजस्थानमा मुसलमान समुदायका दुई जनाले एक हिन्दुको हत्या गरेर सामाजिक सञ्जालमा पोस्ट गरेको विषयले त्यहाँ तनाव बढेको छ । धार्मिक दंगा मच्चिन सक्ने आशंकामा प्रशासनले उच्च सतर्कता अपनाएको छ । राजस्थानको उदयपुर जिल्लामा कन्हैया लाल...


काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष महर्जनसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी

असार १५, काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर–४ का नवनिर्वाचित अध्यक्ष दिनेश महर्जन विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको छ । असार ६...


नेपालमा लगानीका गर्न अष्ट्रलियालाई चेम्बरको आग्रह

असार १५, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्ट्रलियान राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका...


देशभर वर्षा, बाढी र पहिराेकाे जाेखिम

असार १५, काठमाडौं । नदी तटीय क्षेत्रमा बाढीको जोखिम भएकाले विषेश सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । कैलाली, कन्चनपुर र आसपासका स्थानमा भारी वर्षा भएको, कान्द्रा, मोहना, खुटीया लगायत नदीमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेकाले एसएमएसमार्फत् जानकारी दिएको...


बजेट छलफल सुरु नगरे मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ : एमाले गण्डकी

असार १५, पोखरा। नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलले बजेटमाथि छलफल सुरु नभए मुख्यमन्त्रीको राजीनामा मागेको छ। १ असारमा अर्थमन्त्री रामजी बरालले बजेट प्रस्तुत गरेपछि छलफल स्थगित छ। ५ असारमा छलफल सुरु गर्ने भनिएकोमा सत्ता गठबन्धनभित्रै विवाद भएपछि रोकिएको हो।...


धान दिवसः दहीच्युराको संस्कृतिलाई निरन्तरता दिने दिन

असार १५, काठमाडौँ। बुधबार देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । आगामी वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५...


हिमालयन हाइड्रोपावरको आईपीओ बिक्री खुला

असार १५, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये...


फर्नान्डिन्हो १७ वर्षपछि पुर्व क्लब फर्किए

१४ असार, काठमाडौँ । म्यानचेस्टर सिटीका पूर्व कप्तान फर्नान्डिन्हो आफ्नो पूर्व ब्राजिली क्लब एथलेटिको परानान्सेमामा फर्किएका छन् । पाँच पटकको प्रिमियर लिग विजेता ब्राजिलका ३७ वर्षीय फर्नान्डिन्हो साख्तर डोनेस्क छाडेको १७ वर्षपछि एथलेटिकोमा फर्किएका हुन् । उनी सन् २००५ मा...


काठमाडौँमा शरणार्थीहरुको धर्ना

१४ असार, काठमाडौँ । नेपालमा विभिन्न समयमा आएर शरण लिइरहेका शरणार्थीले संयुक्त राष्ट्रसंघको शरणार्थी मामिला हेर्ने निकाय युएनएचसीआरको कार्यालयमा धर्ना दिएका छन् । विभिन्न ११ बुँदे माग राख्दै उनीहरुले सोमबारदेखि धर्ना दिन सुरु गरेका हुन् । हामीले आफ्नो देशमा बस्न...


वामदेव गौतमले नयाँ पार्टी खोल्दै

१४ असार, काठमाडौँ । केही समयअघि नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन्। नयाँ पार्टी घोषणाका लागि मंगलबार दिउँसो उनले पत्रकार सम्मेलन आयोजना गरेका छन्। भृकुटीमण्डपस्थिति रिपोर्टर्स क्बलमा दिउँसो तीन बजे उनको पत्रकार सम्मेलन...


महिला हिंसा विरुद्ध विश्वव्यापी आन्दोलन (वृत्तचित्र)

१४ असार, काठमाडौँ । महिला हिंसाको अन्त्य र लैंगिक समानता महिला आन्दोलनको प्रमुख मुद्दा हुन् । कोही कसैलाई पनि विभिन्न किसिमबाट दुःख वा कष्ट दिनुलाई हिंसा मानिन्छ । विशिष गरी पुरुष हिंसा भन्दा विश्वमा नै महिला हिसां सवैभन्दा बढी देखि...


प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

असार १४, काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्...


सर्वसाधारणका लागि अप्पर हेवाखोलाको आईपीओ आउँदै

असार १४, काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित १५ करोड रुपैयाँ मूल्यबराबरको १५ लाख कित्ता साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री...


धनगढी उपमहानगरले ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन गराउने

असार १४, काठमाडौँ । देशभरका स्थानीय तहले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वारी दिएर निर्वाचित गोपाल हमालले भने मौलिक धर्म संस्कृतिको पहिचान तथा प्रर्वद्धन गराउन नेपालभित्र रहेका धार्मिक तीर्थस्थलहरुको प्रचार प्रसारमा लागेका छन् । सोही कार्यलाई अनुमोदन...


लोक संस्कृति बिगार्ने गीत ननिकाल्न प्रतिष्ठानको आग्रह

असार १४, काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले तीज गीत निकाल्दा कलाकारहरूलाई शब्द चयनमा ध्यान दिन आग्रह गरेको छ। तीज गीतको नाममा वर्षेनी विकृति विसङ्गति र अभद्र श्रव्यदृश्यहरुप्रति श्रोताहरूको गुनासो आउने गरेकोले तीजको मौलिकता र संस्कृतिलाई विचार गर्न...


बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरू...


मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय

असार १४, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव समूहको बैठकले आफ्नो पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उक्त बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षलाई बोलाइएको...


अमेरिकाको एक सहरमा ट्रकभित्र ४६ शव फेला, आप्रवासी हुन सक्ने आशंका

असार १४, काठमाडौं । अमेरिका र मेक्सिको सीमा नजिकै एक ट्रकभित्र ४६ शव फेला परेका छन् । मृत अवस्थामा फेला परेका सबैजना आप्रवासी हुन सक्ने सीएनएनले जनाएको छ । सान आन्तनियो सहरको बाहिरी क्षेत्रमा बेवारिसे अवस्थामा रहेको लरीमा ती शव...


लिफ्ट मागेर चढेका तीन जनाले कुटपिट गरी गाडीसमेत लुटे

असार १३, काठमाडौँ । धनगढी–डडेलधुरा राजमार्गमा पर्ने कैलालीको गोदावरी नगरपालिकाको बुढीतोला सडकखण्डनजिक सोमबार डडेलधुराको आलीताल गाउँपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारीमाथि तीनजनाको अज्ञात समूहले कुटपिट गरी उनी चढेको गाडीसमेत लुटेका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका–३ सामादैजी घर भएका ३७ वर्षीय...


एमालेका सांसदहरुद्वारा राष्ट्रिय सभा बैठक बहिष्कार

असार १३, काठमाडौँ । राष्ट्रिय सभाको बैठक नेकपा एमालेका सांसदहरुले बहिष्कार गरेका छन् । सभामुख अग्नि सापकोटाले बजेटमाथिको छलफलका लागि अर्थमन्त्री जनार्दन शर्मालाई डाक्ने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् । राष्ट्रिय सभाबाट एमाले सांसदहरु बाहिरिए पनि अर्थमन्त्री शर्मा...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…