डब्लुएचओका महानिर्देशक बिहिबार नेपाल आउँदै
बैशाख ७, काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउँदै छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन्। वैशाख ८ देखि १० गतेसम्म उनले नेपालको...
भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त
वैशाख ६, काठमाडौं । भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको हो । यसै महिनाको अन्तिम (अप्रिल ३०) मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवानिवृत्त भएपछि पाण्डेले सेना...
चीनका अन्तरिक्षयात्री ६ महिनापछि पृथ्वीमा
४ बैशाख, काठमाडौँ । बेइजिङ — चिनियाँ समाचार संस्था सिन्ह्वाले सीसीटीभीले रेकर्ड गरेका दृश्यहरू सार्वजनिक गर्दै ती चीनका तीन अन्तरिक्षयात्री ६ महिनापछि पृथ्वीमा शनिबार अवतरण गरेको जनाएको हो । चीनको हालसम्मको लामो अन्तरिक्ष मिसनका क्रममा ३ जना यात्रु १८३ दिनसम्म...
रुसले दियो युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्ने समय
बैशाख ४, मस्को । रुसले युक्रेनी सैनिकलाई आफ्नो जीवनरक्षा गर्न आत्मसमर्पण गर्ने समय दिएको छ । युक्रेनको तटीय सहर मारिउपोल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरेको रुसले त्यहाँ खटिएका युक्रेनी सैनिकलाई आत्मसर्मपणका लागि समय दिएको हो । मस्कोको स्थानीय...
जोनसन भारतको भ्रमण गर्दै
४ बैशाख, काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन यसै साता भारतको भ्रमण गर्ने भएका छन् । कोभिडका कारण अघिल्ला भ्रमणहरू स्थगित भएपछि प्रधानमन्त्रीको रूपमा जोन्सनको यो पहिलो भारत भ्रमण हुनेछ । प्रधानमन्त्री जोनसनले शुक्रबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट...
बेलायतमा पनि बिस्का जात्रा मनाइयो
२९ चैत्र, काठमाडौँ । लन्डन, पासा पुचः गुथी यूकेले आइतबार साउथ इस्ट लन्डनको प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा आयोजना गरेको जात्रामा नेवा तथा गैर नेवा समुदायका ८ सयभन्दा बढी नेपालीको सहभागिता रह्यो र पासा पुचः यूकेले हरेक दुई वर्षमा बेलायतमा गर्दै...
नेटोको सदस्यता नलिन स्वीडेन र फिनल्याण्डलाई रुसको चेतावनी
चैत २९, काठमाडौं । रुसले युरोपेली राष्ट्रहरु फिनल्याण्ड र स्वीडेनलाई पश्चिमा सैन्य संगठन नेटोमा सामेल नहुन चेतावनी दिएको छ। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले नेटोमा आवद्ध हुने तयारीमा रहेका फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने भन्दै...
बाइडेन र मोदीबीच आज भर्चुअल कुराकानी हुने
२८ चैत्र, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भर्चुअल कुराकानी हुने भएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार सोमबार साँझ बाइडेन र मोदीबीच कुराकानी हुने तय भएको छ। अमेरिका र भारत रूसले युक्रेनमाथि गरेको आक्रमणका...
रुसले १५ वटा पश्चिमा गैरसकारी संस्थालाई बन्द गर्ने
२७ चैत्र, काठमाडौँ । रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ वटा पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने भएको छ। रुसले एमनेन्स्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यलय बन्द गर्ने घोषणा गरेको हो। संयुक्त राष्ट्रसंघ महासभाले यूक्रेनमा...
इमरान खान पदमुक्त नयाँ प्रधानमन्त्री सोमबार चुनिने
२७ चैत्र, काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खान पदमुक्त भएका...
अमेरिकाको विद्यालय बाहिर गोली प्रहार एक जनाको मृत्यु
२७ चैत्र, काठमाडौँ । अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ। घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय...
विद्रोहीको आक्रमणबाट कंगोमा एक नेपाली सैनिकको मृत्यु
चैत २३, काठमाडौं । कंगोस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ । विद्रोहीहरुविरुद्ध सञ्चालन गरेको अपरेसन ‘बाली’ को दौरानमा मिलिसियाको आक्रमणमा परी एक सैनिकको मृत्यु भएको हो । मृतक सैनिकको परिचय खुलाइएको छैन ।...
१३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड
चैत २२, काठमाडौं । इण्डोनेसियाको एक मदरसामा अध्ययनरत् १३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ । सन् २०१६ देखि २०२१ को अवधिमा हेरी विरावन नामका शिक्षकले १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको र...
श्रीलंकाका प्रधानमन्त्रीका छोरासहित २६ जना मन्त्रीले दिए सामूहिक राजीनामा
चैत २१, कोलम्बो । श्रीलंकाका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन् । दशकौँयताकै सबैभन्दा चरम आर्थिक संकट व्यवस्थापनप्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीका छोराले पनि राजीनामा दिएका छन् । तर, प्रधानमन्त्री महिन्दा राजापाक्षे र...
प्रधानमन्त्री देउवा वाराणसीमा
चैत २०, वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी आइपुगेका छन् । उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए । यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा....
श्रीलंकामा संकट गहिरिँदै, देशव्यापी कर्फ्यू
चैत २०, कोलम्बो । श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो । राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का...
प्रधानमन्त्री देउवाको भारत भ्रमणः नेपाल–भारतको अटुट सम्बन्ध
चैत १९, काठमाडौँ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणले दुई देशवीच अटुट सम्बन्ध स्थापित हुने विश्वास गरेका छन् । अप्रिल १ देखि २०२२ अप्रिल ३ सम्म भारतको तीनदिने भ्रमणमा रहेका छन् । पाँचौं पटक प्रधानमन्त्री बनेका देउवाको यो कार्यकालको...
नेपाल– भारतबीच भएका चार समझदारीपत्रमा हस्ताक्षर
चैत १९, नयाँ दिल्ली । नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच...
रुसको इन्धन भण्डारण केन्द्रमा युक्रेनद्वारा हवाई आक्रमण
चैत १८, मस्को । युक्रेनी सेनाले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा हवाई आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन् । व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको...
श्रीलंकाका सर्वसाधरण सरकार विरुद्ध प्रदर्शनमा उत्रे
चैत १८, काठमाडौं । आर्थिक संकटमा फसेका श्रीलंकाका सर्वसाधरण सरकार विरुद्ध प्रदर्शनमा उत्रेका छन् । खाद्यान्न अभाव र मंहगीको बिरोधमा रातको समयमा कोलोम्बोमा भेला भएका उनीहरु राष्ट्रपति गोटाबाया राजपक्षेको घरतर्फ अघि बढ्दा प्रहरी र सर्वसाधारणबीच झडप समेत भएको छ ।...